काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा सदस्यको निर्वाचनमा समानुपातिकतर्फ थ्रेसहोल्ड कटाएको छ ।
निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार प्रत्यक्षमा तीन सिट जितेको श्रम संस्कृति पार्टीले समानुपातिकतर्फ पनि ३ लाख मत कटाएको हो ।
आयोगका अनुसार समानुपातिकतर्फ १ करोड ९ लाख मत खसेको थियो । समानुपातिक तर्फ सिट पाउन खसेको मतमध्ये सदर मतको ३ प्रतिशत मत अर्थात् ३ लाख भन्दा बढी मत पाउनुपर्ने देखिन्छ । थ्रेसहोल्ड कटाएपछि राष्ट्रिय दलको मान्यता पाइन्छ ।
हालसम्म समानुपातिकतर्फ लाख मत गणना भइसकेको छ । यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीले थ्रेसहोल्ड कटाइसकेका छन् । राप्रपा पनि नजिक नै देखिन्छ ।





























प्रतिक्रिया