सल्यानमा प्रत्यक्षमा हारेपनि समानुपातिकमा पहिलो बन्यो रास्वपा

सल्यानमा प्रत्यक्षमा हारेपनि समानुपातिकमा पहिलो बन्यो रास्वपा

केन्द्रबिन्दु
36
Shares

सल्यान। प्रतिनिधिसभा निर्वाचनको समानुपातिक मतगणनामा सल्यानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो दल बनेको छ। प्रत्यक्षतर्फ भने रास्वपा दोस्रो स्थानमा सीमित भएको थियो।

अन्तिम परिणाम अनुसार रास्वपाले २५ हजार ६६५ मत पाएको छ। नेकपा २० हजार ३२९ मतसहित दोस्रो र नेपाली कांग्रेस १६ हजार ०६९ मतसहित तेस्रो स्थानमा छन्।

एमाले १४ हजार ०९२ मतसहित चौथो स्थानमा सीमित भएको छ। राप्रपाले २ हजार ४३०, माओवादीले ६९७ र श्रम संस्कृति पार्टीले ३२२ मत पाएका छन्।

२०७९ को निर्वाचनमा सल्यानमा रास्वपा चौथो स्थानमा थियो। यसपटक भने उल्लेख्य मतसहित पहिलो स्थानमा पुगेको छ।

जिल्लामा कुल ८३ हजार ८२५ मत खसेकामा ३ हजार ३३५ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ।

Skip This
Skip This
Logo