४० जिल्लामा रास्वपाको ‘क्लिन स्वीप’, ढले पुराना दलका गढहरु

४० जिल्लामा रास्वपाको ‘क्लिन स्वीप’, ढले पुराना दलका गढहरु

केन्द्रबिन्दु
27
Shares

काठमाडौं। २१ फागुनको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) ७७ मध्ये ४० वटा जिल्लाका सबै निर्वाचन क्षेत्र क्लीन स्विप गरेको छ । ७७ मध्ये एमाले र नेकपा ७० जिल्लामा निल भएका छन्। कांग्रेसले पनि ६० वटा जिल्लामा कुनै सिट जित्न सकेन । पुराना कांग्रेस, एमाले, नेकपा, राप्रपा, मधेशवादी देखि नेमकिपाको गढ भत्काउन रास्वपा सफल भएको छ । पार्टी स्थापनाको लामो इतिहास नभए पनि पुराना दलको वर्चस्व भने तोडेको छ । २०४८ सालयता ठूला र बलिया दलको भाष्य बनाएका कांग्रेस, एमाले र नेकपालाई रास्वपाले यसपटक खुम्च्याइदिएको छ ।

झापाका पाँचै क्षेत्र, मोरङका छवटै क्षेत्र, काठमाडौंका १० वटै क्षेत्र, रुपन्देहीका पाँचवटै क्षेत्र तथा कैलालीका पाँचवटै क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी भएको छ ।

त्यसैगरी ललितपुरका तीनवटै, भक्तपुरका दुईवटै, चितवनका तीनवटै र कास्कीका तीनवटै क्षेत्रमा पनि रास्वपाले विजय हासिल गरेको छ।यसैगरी ओखलढुङ्गा, दोलखा, लमजुङ, पर्वत, अर्घाखाँची, प्युठान, डडेल्धुरा र बैतडी जस्ता एक–एक निर्वाचन क्षेत्र भएका जिल्लामा पनि रास्वपाका उम्मेदवार विजयी भएका छन्।त्यसैगरी धादिङ, मकवानपुर, तनहुँ, बागलुङ, नवलपरासी (पूर्व), गुल्मी, कपिलवस्तु, बर्दिया, नवलपरासी (पश्चिम), काभ्रेपलाञ्चोक, स्याङ्जा, नुवाकोट लगायतका दुई–दुई निर्वाचन क्षेत्र भएका जिल्लामा पनि रास्वपाले सबै क्षेत्रमा जित निकालेको छ।

बालेन शाह विजयी भएको झापा जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रमा रास्वपाले ’क्लीन स्विप ’ गरेको छ।नेकपा एमाले र नेपाली कांग्रेसको ठूलो प्रभाव रहेको झापाका पाँचवटै निर्वाचन क्षेत्रमा रास्वपा उम्मेदवारहरू अत्यधिक मतान्तरका साथ विजयी भएका छन्। झापा–१ मा रास्वपाकी निशा डाँगी ४५ हजार ६८० मत प्राप्त गरेर विजयी भएकी छन्। उनका निकट प्रतिस्पर्धी कांग्रेसका केशवराज पाण्डेले १० हजार ५५० मत प्राप्त गरेका छन्।

झापा–२ मा रास्वपाबाटै निवर्तमान उपसभामुख इन्दिरा राना मगर ६० हजार ११० मतका साथ विजयी भएकी छन्। उनका निकट प्रतिस्पर्धी विघटित प्रतिनिधिसभाका सभामुख तथा नेकपा एमालेका उम्मेदवार देवराज घिमिरेले ११ हजार ३६८ मत मात्र प्राप्त गरे। झापा–३ मा रास्वपाका प्रकाश पाठक ३८ हजार ६७४ मतका साथ विजयी भएका छन्। उनका निकट प्रतिस्पर्धी राप्रपाका राजेन्द्र लिङ्देनले १७ हजार २९४ मत प्राप्त गरेका छन्।झापा–४ मा रास्वपाका शम्भुप्रसाद ढकाल ४३ हजार ६३१ मत प्राप्त गरेर विजयी भएका छन्। उनका निकट प्रतिस्पर्धी एमालेका एलपी साँवा लिम्बूले ११ हजार ९८६ मत मात्र प्राप्त गरेका छन्। झापा–५ मा रास्वपाका वरिष्ठ नेता बालेन शाह ६८ हजार ३४८ मतका साथ विजयी भएका छन्। उनका निकट प्रतिस्पर्धी एमालेका केपी शर्मा ओलीले १८ हजार ७३४ मत मात्र प्राप्त गरे।

मोरङमा रास्वपाले ’क्लीन स्विप ’ गरेको छ। मोरङ १ मा रास्वपाका यज्ञमणि न्यौपाने २७ हजार ३६७ मतका साथ विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी श्रम संस्कृति पार्टीका शान्ति पाख्रिन लामाले १७ हजार ५५२ मत प्राप्त गरिन्।

मोरङ २ मा रास्वपाका कृष्णकुमार कार्की ४० हजार ९२४ मतका साथ विजयी भएका छन्। यहाँ निकटतम प्रतिस्पर्धी दिलिपकुमार अग्रवालले १५ हजार ६२४ मत प्राप्त गरेका छन्। मोरङ ३ मा रास्वपाका गणेश कार्की ३६ हजार ९२४ मतका साथि विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका सुनिल शर्माले २४ हजार ३५४ मत प्राप्त गरेका छन्।

मोरङ ४ का रास्वपाका सन्तोष राजवंशी ४० हजार ८३३ मतका साथ विजयी भएका छन्। निकटतम प्रतिस्र्पधी कांग्रेसका गुरूराज घिमिरेले १२ हजार ८१८ मत प्राप्त गरेका छन्। मोरङ ५ मा रास्वपाकी आशा झा ३० हजार ४३४ मतका साथ विजयी भएका छन्। निकटतम कांग्रेसका फूलकुमार लालवानी ९ हजार ४१५ मत प्राप्त गरेका छन्। मोरङ ६ मा रास्वपाकी रूबिना आचार्यले ५५ हजार ५१३ मत प्राप्त गरेर विजयी भएकी छन्। निकटतम प्रतिस्पर्धी कांग्रेसका शेखर कोइरालाले १२ हजार ८५० मत प्राप्त गरेका छन्।

ओखलढुंगामा रास्वपाका विश्वराज पोख्रेल निर्वाचित भएका छन् । पोखरेल पूर्वएआईजी हुन् । पोखरेलले १३ हजार ९५३ मत ल्याएर विजयी हुँदा नेपाली कांग्रेसका कुमार लुइँटेलले १३ हजार ९४८ मत पाए । पोखरेल र लुइँटेलबीचको मतान्तर ५ मतको मात्रै छ ।

उदयपुरमा रास्वपाले क्लीन स्विप गरेको छ। दुई निर्वाचन क्षेत्र रहेको उदयपुरमा १ मा पारशमणि गेलाल र २ मा सूर्यबहादुर तामाङ विजयी भएका हुन्। गेलाल ३० हजार ५०९ मत र सूर्यबहादुर तामाङ १४ हजार ८०२ मतका साथ विजयी भएका छन्।गेलालका निटकतम प्रतिस्पर्धी श्रम सँस्कृति पार्टीका उम्मेदवार राजेशकुमार राईले ११ हजार ६९६ मत ल्याएका छन् । सूर्यबहादुर तामाङका निकटतम प्रतिद्वन्द्वी एमालेका अम्बरबहादुर रायमाझीले ७ हजार ६ सय ४८ मत ल्याएका छन् ।

सप्तरीमा रास्वपाले ‘क्लीन स्विप ’ गरेको छ। जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा रास्वपाले जित हासिल गरेको हो।सप्तरी १ मा रास्वपाकी पुष्पाकुमारी चौधरी विजयी भएकी छिन्।रास्वपाकी चौधरीले ३८ हजार १९५ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी स्वाभिमान पार्टीका सुमित कुमारले सात हजार ८४७ मत मात्र पाए ।

सप्तरी २ मा रास्वपाका रामजी यादव निर्वाचित भएका छन्। यादवले २८ हजार ४०४ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी जसपा नेपालका उम्मेदवार उमेश यादवले १४ हजार २६३ मत प्राप्त गरेका छन्। सप्तरी ३ मा रास्वपाका अमरकान्त चौधरी निर्वाचित भएका छन्। चौधरी ३२ हजार ८७५ मत ल्याएर निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले १५ हजार २३९ मत प्राप्त गरेका छन्। सप्तरी ४ मा रास्वपाका सीताराम साह २३ हजार तीन सयभन्दा बढी मतान्तरले विजयी भएका छन्। पहिलोपटक संसदीय निर्वाचन लडेका साहले ३६ हजार ४१२ मत प्राप्त गर्दा कांग्रेसका तेजु लाल चौधरीले १३ हजार १०३ मत मात्र ल्याए।

चारै क्षेत्रमा विजय हासिल गरेपछि सिरहा जिल्लामा रास्वपाको प्रभाव बलियो बनेको छ । सिरहा निर्वाचन क्षेत्र १ मा रास्वपाका बब्लु गुप्ता ४१ हजार ३२२ मत सहित विजयी भएका छन् ।सिरहा निर्वाचन क्षेत्र नम्बर–२ मा रास्वपाका शिव शंकर यादव ३९ हजार ५६१ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका राम चन्द्र यादवले १२ हजार ८१४ मत प्राप्त गरे ।

सिरहा निर्वाचन क्षेत्र ३ मा रास्वपाका शम्भु कुमार यादव विजयी भएका छन् । उनले ३२ हजार २४९ मत प्राप्त गर्दै नेकपा एमालेका लिलानाथ श्रेष्ठलाई २२ हजार ९३ मतान्तरले पराजित गरेका हुन् । सिरहा निर्वाचन क्षेत्र ४ मा रास्वपाका तपेश्वर यादव ३६ हजार २१० मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अजय शंकर नायकले ७ हजार ९७२ मत प्राप्त गरेका छन् ।

धनुषा क्षेत्र नं १ मा रास्वपाका उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेज भए पनि उनले पाएको मत धेरै देखिएको छ। सर्वोच्च अदालतमा मुद्दा परी विचाराधीन रहेकाले सो सम्बन्धमा अदालतबाट आदेश नभएसम्म धनुषा जिल्ला निर्वाचन क्षेत्र नं. १ को पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको मत परिणाम घोषणा गरेको छैन । धनुषा क्षेत्र २ मा रास्वपाका उम्मेदवार राम बिनोद यादव निर्वाचित भएका छन्। उनले ४१ हजार ६३७ मत ल्याएर निर्वाचित हुँदा नेपाली कांग्रेसका उम्मेदवार दिनेश प्रसाद परसैला यादवले १० हजार १९८ मत प्राप्त गरेका छन्।

क्षेत्र ३ मा रास्वपाका मनिषकुमार झा विजयी भएका छन् । उनले नेपाली कांग्रेसका विमलेन्द्र निधिलाई २७ हजार १५० मतान्तरले पराजित गरेका छन् । झाले ४३ हजार १४२ मत ल्याउँदा निधिले १५ हजार ९९२ मत मात्रै पाए । धनुषा क्षेत्र नं ४ मा रास्वपाका राजकिशोर महतो विजयी भएका छन्। रास्वपा उम्मेदवार महतो ४८ हजार २७० मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका महेन्द्र यादवले १५ हजार ८०९ मत प्राप्त गरे।

सर्लाही जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा रास्वपाले ऐतिहासिक जित हासिल गर्दै क्लीन स्विप गरेको छ।क्षेत्र १ मा रास्वपाकी उम्मेदवार नितिमा कार्की ४४,१८१ मत प्राप्त गर्दै विजयी भएकी छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका शम्भुलाल श्रेष्ठले ७ हजार ८७१ मत प्राप्त गरेका छन्।

क्षेत्र २ मा रास्वपाका रबिन महतो विजयी भएका छन्। उनले लगातार छ पटक चुनाव जितेका नेकपाका नेता महेन्द्र यादवलाई पराजित गर्दै ४२,५१२ मत प्राप्त गरेका छन्।क्षेत्र ३ मा रास्वपाका नरेन्द्र कलवार ४६,८९० मतसहित विजयी भएका छन्। उनले नेकपाका नेता नारायणकाजी श्रेष्ठलाई पराजित गर्दै महत्वपूर्ण जित हात पारेका हुन्।यसैगरी क्षेत्र नम्बर ४ मा रास्वपाका अमरेश सिंह विजयी भएका छन्। उनले नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई पराजित गर्दै ३५,६८८ मत प्राप्त गरेका छन्।

बारा जिल्लाका चारवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवारहरूले भारी मतान्तरले विजय प्राप्त गरेका छन्। निर्वाचन क्षेत्र १, २, ३ र ४ मा रास्वपाका उम्मेदवारहरू भारी मतान्तरसहित विजयी भएका हुन्।निर्वाचन क्षेत्र नम्बर १ मा रास्वपाका उम्मेदवार गणेश धिमाल ३९ हजार ९ सय ९८ मत प्राप्त गर्दै विजयी भएका छन्। उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका शम्भुबहादुर बुढाथोकीलाई फराकिलो मतान्तरले पराजित गरेका हुन्।निर्वाचन क्षेत्र नम्बर २ मा रास्वपाका चन्दनकुमार सिंह ३५ हजार ५९० मत प्राप्त गर्दै विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी नेपालका रामकिशोर प्रसाद यादवले १४ हजार १९६ मत प्राप्त गरेका छन्।

निर्वाचन क्षेत्र नम्बर ३ मा रास्वपाका अरविन्द साह ४० हजार ६ सय ९७ मतसहित विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका फर्मुल्लाह मन्सुरले १० हजार ५२ मत प्राप्त गरेका छन्। निर्वाचन क्षेत्र नम्बर ४ मा रास्वपाका रहवर अन्सारी ४१ हजार २०० मतसहित विजयी भएका छन्। उनले एमालेका किसान श्रेष्ठलाई ठूलो मतान्तरले पराजित गरेका हुन्। श्रेष्ठले ११ हजार ६ सय ३९ मत प्राप्त गरेका छन्।

पर्सा क्षेत्र १ मा रास्वपाका बुद्धिप्रसाद पन्त विजयी भएका छन् । उनले पूर्वमन्त्री प्रदीप यादवलाई १४ हजारभन्दा बढी मतान्तरले पराजित गरे । पन्तले २७ हजार २७४ मत प्राप्त गर्दा एमालेका यादवले १३ हजार ३० मत ल्याए । पर्सा क्षेत्र २ मा पनि रास्वपाकै सुशीलकुमार कानु निर्वाचित भए । उनले ३० हजार ७४० मत प्राप्त गर्दै पूर्वकानुनमन्त्री अजय चौरसियालाई १८ हजार ८५० मतान्तरले हराए । क्षेत्र ३ मा रास्वपाका रामाकान्त चौरसिया २९ हजार ६७९ मतसहित विजयी भए ।

उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका सुरेन्द्रप्रसाद चौधरीले १६ हजार ३६६ मत प्राप्त गरे। क्षेत्र ४ मा रास्वपाका टेकबहादुर शाक्य भारी मतान्तरसहित निर्वाचित भए । उनले २८ हजार ६ मत प्राप्त गर्दै कांग्रेसका पूर्वमन्त्री रमेश रिजाललाई १५ हजार ४७२ मतान्तरले पराजित गरे । रिजालले १२ हजार ५३४ मत ल्याउँदा एमालेका जालिम मियाँ मन्सुरीले १२ हजार १४५ मत प्राप्त गरे ।

दोलखामा रास्वपाका जगदीश खरेल निर्वाचित भएका छन् ।उनले ३२ हजार ३७६ मत प्राप्त गरेको छ । सो क्षेत्रमा नेकपा एमालेका पार्वत गुरूङले १७ हजार ४४९ प्राप्त गरे । दोलखामा एक मात्र निर्वाचन क्षेत्र रहेको छ । प्रतिनिधि सभा निर्वाचनको एकमात्र क्षेत्र रहेको रामेछापमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का डा. कृष्णहरि बुढाथोकी विजयी भएको छ। बुढाथोकीले २४ हजार ८०८ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धी नेकपा एमालेका माधवप्रसाद ढुङ्गेललाई ७ हजार १ सय ९९ मतान्तरले पराजित गरेको हो । ढुङ्गेलले १७ हजार ६०९ मत प्राप्त गरेको छ।

सिन्धुलीका दुवै क्षेत्रमा रास्वपाले जित हासिल गर्न सफल भएको छ। सिन्धुली क्षेत्र १ मा रास्वपाका धनेन्द्र कार्की र सिन्धुली क्षेत्र २ मा आशिष् गजुरेलले जित हासिल गरेका छन्। १ मा रास्वपाका कार्की १६,६५४ मतसहित विजयी बनेका छन् भने निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका प्रदीप कटुवालले १५,८६५ मत पाएका थिए। यसैगरी क्षेत्र २ मा गजुरेल १७,९४० मतसहित विजयी भएका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपाका लेखनाथ दाहालले १४,७८० मत पाएका छन्।

धादिङ जिल्लाका दुवै क्षेत्रमा रास्वपाका उम्मेद्वार बिजयी भएका छन् । क्षेत्र नं १ मा निकटम् प्रतिस्पर्धीलाई फराकिलो मतअन्तरले हराउँदै आशिका तामाङ विजयी भएको छ भने र क्षेत्र नं २ मा बोधनारायण श्रेष्ठ विजयी भयो । क्षेत्र नं १ मा आशिका तामाङले ३९ हजार १ सय २८ मत ल्याएर निर्वाचित भएको हो । तामाङको निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका भुमि त्रिपाठीले १५ हजार ३१ मत मात्रै ल्याए । क्षेत्र नं २ मा पनि राष्टिय स्वतन्त्र पार्टीका उम्मेद्वार बोध नारायण श्रेष्ठ नै विजयी भएको छ । श्रेष्ठ २६ हजार १ सय ४५ मत ल्याएर विजयी भएको हो भने उनका निकटम् प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेद्वार रमेश प्रसाद धमलाले २० हजार २ सय ७९ मत प्राप्त गरे ।

नुवाकोट जिल्लाका दुवै प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा रास्वपाले जित हासिल गरेको छ । पुराना र स्थापित राजनीतिक दलका प्रभावशाली नेताहरूलाई पराजित गर्दै रास्वपाले नुवाकोटमा ‘क्लीन स्विप ’ गरेको हो ।नुवाकोट निर्वाचन क्षेत्र नं. १ मा रास्वपाका उम्मेदवार विक्रम तिमिल्सिना विजयी भएका छन् । तिमिल्सिनाले २२ हजार ६ सय ९ मत प्राप्त गर्दै आफ्नो जित सुनिश्चित गरे । उनले नेपाली कांग्रेसका नेता प्रकाश शरण महतलाई ४ हजार १२ मतको अन्तरले पराजित गरेका हुन् । पराजित महतले १८ हजार ५ सय ९७ मत प्राप्त गरे । त्यस्तै, निर्वाचन क्षेत्र नं. २ मा पनि रास्वपाका अच्युत्तम लामिछानेले भारी मतान्तरका साथ जित दर्ता गरे । लामिछानेले ३२ हजार ५४ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका जगदीश्वर नरसिंह केसीले १५ हजार ५ सय ३ मत मात्रै प्राप्त गरे ।

काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा रास्वपाले ‘क्लीन स्विप ’ गरेको छ । काठमाडौं–१ मा रास्वपाकी उमेदवार रन्जु न्यौपानेले १५ हजार ४५५ मत ल्याएकी हुन् । उनका प्रतिस्पर्धी कांग्रेसका प्रबल थापाले ६ हजार ३६४ मत पाए । काठमाडौं–२ मा रास्वपाकै सुनील केसी विजयी भए । उनले २९ हजार १४२ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका कविर शर्माले आठ हजार ८२४ मत प्राप्त गरे ।

काठमाडौं–३ मा राजुनाथ पाण्डे विजयी भए । पाण्डे १८ हजार ७५७ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । निकटतम प्रतिद्वन्द्वी उज्यालो नेपाल पार्टीका कुलमान घिसिङले ११ हजार १७१ मत प्राप्त गरे ।काठमाडौं–४ मा पुकार बम विजयी भए । उनी २९ हजार १४२ मत प्राप्त गर्दै विजयी भएका हुन् । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सचिन तिमल्सेनाले आठ हजार ८२४ मत पाए । काठमाडौं–५ मा रास्वपाका सस्मित पोखरेल ३० हजार ७३७ मत प्राप्त गर्दै विजयी भए । नेपाली कांग्रेसका प्रदीप पौडेलले नौ हजार १५९ मत पाए । काठमाडौं–६ मा रास्वाका शिशिर खनाल निर्वाचित भए । उनी २७ हजार ७१९ मत ल्याएर विजयी भएका हुन् ।उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेदवार सबुज बानियाँले ६ हजार ७५१ मत प्राप्त गरे ।

काठमाडौं–७ मा रास्वपाका गणेश पराजुली पुनः निर्वाचित भए । पराजुलीले २७ हजार ८०५ मत ल्याए । उनको निकटतम प्रतिस्पर्धी कांग्रेसका प्रमोदहरि गुरागाईंको तीन हजार ९८२ मत छ । काठमाडौं–८ मा रास्वपाका विराजभक्त श्रेष्ठ विजयी भए । उनी २४ हजार ५९२ मत ल्याएर सांसद निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी सुमन सायमीले तीन हजार २१७ मत ल्याए ।

काठमाडौं–९ मा रास्वपा उपसभापति समेत रहेका डोलप्रसाद अर्याल विजयी भए । उनले ३५ हजार ९३ मत ल्याएर विजयी भएका हुन् । दोस्रो हुने नेपाली कांग्रेसका नानुमाया बास्तोलाले पाँच हजार ४६० मत ल्याइन् ।काठमाडौं–१० मा प्रदीप विष्टले बाजी मारे । उनले ३७ हजार ४६९ मत प्राप्त गरे । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका हिमाल कार्कीले आठ हजार १०० मत पाए ।

भक्तपुरका दुवै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी भएका छन्।भक्तपुर–१ मा रास्वपाका रुकेश रन्जित ३३ हजार ४३६ मत प्राप्त गर्दै निर्वाचित भएका छन्।उनका निकटतम प्रतिद्वन्द्वी प्रेम सुवालले २८ हजार १४७ मत प्राप्त गरे। यसैगरी भक्तपुर–२ मा रास्वपाका राजीव खत्री ४२ हजार ३३३ मतसहित विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका महेश बस्नेतले १० हजार ७१७ मत प्राप्त गरे ।

ललितपुर–१ मा पनि रास्वपाका उम्मेदवार बुद्धरत्न महर्जन विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उदय शमशेर जबरालाई झन्डै १० हजार मतले पछि पार्दै महर्जन विजयी भएका हुन् । महर्जनले २३ हजार ३७३ मतसहित विजयी हुँदा कांग्रेसका सहमहामन्त्रीसमेत रहेका जबराले १३ हजार ५२० मत ल्याएका छन् ।ललितपुर निर्वाचन क्षेत्र नम्बर २ मा रास्वपाका उम्मेदवार जगदीश खरेल विजयी भएका छन्।खरेल ३९ हजार ४ सय ९१ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रेमकृष्ण महर्जनले ७ हजार ४ सय २० मत प्राप्त गरेका छन्।ललितपुर क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्की विजयी भएकी छिन् । कार्कीले ४३ हजार ९६ मत प्राप्त गरेकी छिन् । कार्कीको प्रतिद्वन्द्वी काँग्रेसका उम्मेदवार जितेन्द्रकुमार श्रेष्ठले ९ हजार ४५ मत प्राप्त गरेका छन् ।

काभ्रेपलाञ्चोक क्षेत्र १ मा रास्वपा उम्मेदवार मधुकुमार चौलागाईं २९ हजार ६१८ मतका साथ विजयी भएका हुन् ।उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका गुणराज मुक्तानले १९ हजार १६६ मत ल्याए ।निर्वाचन क्षेत्र नं २ मा रास्वपाका उम्मेदवार बदनकुमार भण्डारी विजयी भएका छन्। भण्डारी ५३ हजार ३४४ मतसहित विजयी भएको छन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका मधुप्रसाद आचार्यले १७ हजार ८६८ मत पाएका छन् ।

मनकवानपुर –१ मा रास्वपाका प्रकाश गौतम विजयी भएका छन् । उनले ३६ हजार ३३ मत ल्याएका हुन् । उनका प्रतिद्वन्दी कांग्रेशका महालक्ष्मी उपाध्याय (डिना)ले १४ हजार ३८ मत ल्याएका छन् ।मकवानपुर क्षेत्र २ बाट रास्वपाका उम्मेदवार प्रशान्त उप्रेती प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका महेश बर्तौलाले १८ हजार ८४६ मत प्राप्त गरेका छन् ।

चितवन १ मा रास्वपाका उम्मेदवार हरि ढकाल विजयी भएका छन् । उनी निकटतम प्रतिस्पर्धीभन्दा ४५ हजार १७५ मतान्तरले विजयी भएका हुन् ।ढकालले ५८ हजार २०८ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका राजेन्द्रप्रसाद बुर्लाकोटीले १३ हजार ३३ मत ल्याए ।रास्वपाका केन्द्रीय सभापति रवि लामिछानेले चितवन–२ बाट निर्वाचित भएका छन् । उनले ५४ हजार ४०२ मत ल्याए । लामिछानेका प्रतिस्पर्धी नेपाली कांग्रेसका मिना कुमारी खरेलको १४ हजार ५६४ मत ल्याए । चितवन क्षेत्र नं. ३ मा रास्वपाकी उम्मेदवार सोविता गौतम विजयी भएकी छन् । गौतमले ५९ हजार २ सय ७७ मत ल्याएर जित हात पारेकी हुन् । दाहालले भने २० हजार ६ सय १५ मत ल्याइन् । गौतम र दाहाल बिचको मतान्तर ३८ हजार ६ सय ६२ रहेको छ ।

गोरखा क्षेत्र नम्बर १ मा रास्वपाका सुधन गुरुङ विजयी भएका छन् । मतगणनाको अन्तिम नतिजाअनुसार उनी र अन्य दलका उमेदवारबीच फराकिलो मतान्तर देखिएको छ । उनले २९ हजार ८९६ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका प्रेम खत्रीले १५ हजार ३९८ मत ल्याएका छन् ।

गोरखा क्षेत्र २ मा रास्वपाका कविन्द्र बुर्लाकोटी विजयी भएका छन्। आफ्ना निकट प्रतिस्पर्धीलाई करिब १५ हजार मतले हराउँदै उनी निर्वाचित भएका हुन्। बुर्लाकोटीले २६ हजार ६६० मत ल्याएका छन् भने उनका निकट प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रकाश चन्द्रर दवाडी ले११ हजार ७०० मत ल्याएका छन्।

लमजुङबाट रास्वपाका धर्मराज केसी निर्वाचित भएका छन्। पटक–पटक मन्त्री तथा गण्डकीका मुख्यमन्त्री समेत भएका नेकपा एमालेका उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङलाई झण्डै दोब्बर मतले पराजित गर्दै केसी बिजयी भएका हुन्। केसीले गुरुङलाई १७ हजार २२ मतले पछि पारे। बिजयी केसीले ३३ हजार ८ सय ९८ मत प्राप्त गरे भने निकटतम प्रतिस्पर्धी गुरुङले १६ हजार ८ सय ७६ मत प्राप्त गरे।

कास्कीका तीन वटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी भएका छन्। कास्की क्षेत्र नं १ मा रास्वपाका खडकराज पौडेल ३९ हजार ८८३ मत ल्याएर निर्वाचित भए। उनका मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेसका तिलक रानाभाटले ११ हजार २१४ मत प्राप्त गरे। यसैगरी कास्की–२ मा रास्वपाका उत्तमप्रसाद पौडेलले ३१ हजार ९११ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी एमालेका रश्मी आचार्यले सात हजार ४९३ मत प्राप्त गरे। कास्की–३ मा रास्वपाकी उम्मेदवार बिना गुरुङले ३७ हजार ७५० मत ल्याएर विजयी भइन्। निकटतम प्रतिस्पर्धी कांग्रेसका मनोज गुरुङले १२ हजार ७८० मत प्राप्त गरे।

प्रतिनिधि सभा निर्वाचनको तनहुँमा रास्वपाले क्लीन स्विप गरेको छ । दुई क्षेत्र रहेको तनहुँमा रास्वपाका उम्मेदवार विजयी भएका हुन् ।तनहुँ क्षेत्र १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा स्वर्णिम वाग्ले विजयी भएका छन् । ३८ हजार ४० मत प्राप्त गरी वाग्ले विजयी भएका छन् । उनका प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका गोविन्द भट्टराईले १६ हजार २३१ मत प्राप्त गरे । तनहुँ क्षेत्र नं २ मा रास्वपाका श्रीराम न्यौपाने नेपाली कांग्रेसका शंखर भण्डारीलाई १८ हजार ५५२ मतले पछाडि पार्दै निर्चाचित भएका हुन् । उनले ३२ हजार ६ सय ७८ मत प्राप्त गर्दा शंखर भण्डारीले १४ हजार १ सय ३५ मत पाए ।

स्याङ्जा क्षेत्र नम्बर १ मा रास्वपाका धनञ्जय रेग्मी विजयी भएका छन्। निर्वाचन आयोगका अनुसार २९ हजार ७१ मत ल्याएर रेग्मी निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका भरतराज ढकालले १८ हजार ८५७ मत पाए।निकटतम् प्रतिद्वन्द्वीलाई ४ हजार ५ सय २४ मतले पछाडि पार्दै स्याङ्जाको निर्वाचन क्षेत्र २ मा रास्वपाका उम्मेदवार झविलाल डुम्रे निर्वाचित भएका छन् । रास्वपाका डुम्रेले २५ हजार ३ सय ५४ मत ल्याए ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व)–१ मा रास्वपाका राजन गौतम विजयी भएका छन् । रास्वपाका गौतमले ५० हजार ९४५ मतसहित जित हासिल गरेका हुन् । कांग्रेसका बालकृष्ण घिमिरे १६ हजार २९३ मतसहित दोस्रो बने । क्षेत्र २ मा रास्वपाका उम्मेदवार मनिष खनाल भारी मतका साथ विजयी भएका छन् । खनालले ४१ हजार ३४७ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका तिलक महतले १५ हजार ७५५ मत प्राप्त गरेका छन् ।

बागलुङ जिल्लामा दुवै क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी भएका छन् । क्षेत्र १ मा रास्वपाका सुशील खड्का विजयी भएका छन् । खड्काले २० हजार ९२७ मत पाउँदा निकटतम् प्रतिस्पर्धी भिमबहादुर रानाले ११ हजार ९४४ मत पाए ।क्षेत्र २ मा रास्वपाकै उम्मेदवार सोम शर्मा विजयी भएका छन् । शर्माले १२ हजार ६४७ मत ल्याई विजयी भए । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका टेकराज पौडेलले ११ हजार ८६८ मत ल्याए ।

एक मात्र निर्वाचन क्षेत्र भएको पर्वतमा रास्वपाका उम्मेदवार सागर भुसाल २६ हजार ५६१ मत प्राप्त गरी विजयी भएका छन्। निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद जोशीभन्दा १० हजार ६०७ मतको फराकिलो अन्तरमा विजयी भएका हुन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत गुल्मी क्षेत्र नम्बर–१ मा रास्वपाका उम्मेदवार सागर ढकाल विजयी भएका छन् ।ढकालले २९ हजार ६४२ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार प्रदिप ज्ञवालीले १५ हजार १८१ मत प्राप्त गरेका छन् । क्षेत्र २ मा रास्वपाका उम्मेदवार गोविन्द पन्थी विजयी भएका छन्।रास्वपाका पन्थीले १६ हजार ९६७ मत प्राप्त गर्दै विजयी भए । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका गोकर्ण विष्टले १६, ४०६ मत प्राप्त गरे।

एक मात्र निर्वाचन क्षेत्र भएको अर्घाखाँचीबाट रास्वपाका हरिप्रसाद भुसाल विजयी भएका छन् । भुसाल ३५०२३ मत सहित निर्वाचित हुँदा एमालेका पीताम्बर भुसाल २२६४९ मतमा रोकिए ।

रास्वपाले रुपन्देहीको पाँच वटै निर्वाचन क्षेत्र ‘क्लीन स्विप ’ गरेको छ ।रुपन्देही निर्वाचन क्षेत्र १ मा रास्वपाका उम्मेदवार सुनिल लम्साल विजयी भएका छन्। लम्सालले ५७ हजार ३९ मत प्राप्त गर्दै स्पष्ट जित हासिल गरेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हिरा बहादुर केसी ले १२ हजार ४४७ मत प्राप्त गरेका छन्। क्षेत्र–२ मा रास्वपाका उम्मेदवार सुलभ खरेल निर्वाचित भएको छ ।५६ हजार ५५० मतका साथ खरेलले आफ्नो निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवार विष्णुप्रसाद पौडेललाई पराजित गर्दै खरेल निर्वाचित भएका हुन् ।

पूर्व अर्थमन्त्री समेत रहेका पौडेलले १२ हजार ८ सय ६१ मत प्राप्त गरे । क्षेत्र ३ मा ५८ हजार ८ सय १४ मतका साथ लेखजंग थापा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार सुशील गुरुङ्गले ८ हजार ४ सय ३५ मत प्राप्त गरे । क्षेत्र नम्बर ४ मा २८ हजार ६६ मतका साथ कन्हैया बनिया निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार प्रमोदकुमार यादवले २० हजार २ सय ६२ मत प्राप्त गरे ।रुपन्देही ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका तैफिक अहमद खान निर्वाचित भएका छन् । खान निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका नेता खिमलाल भट्टराईलाई पराजित गर्दै निर्वाचित भएका हुन्।खानले ३८ हजार ८०६ मत प्राप्त गर्दा एमालेका भट्टराईले १३ हजार १ सय मत प्राप्त गरेका छन्।

एक मात्र निर्वाचन क्षेत्र भएको प्युठानमा रास्वपाका सुशान्त वैदिक निर्वाचित भएका छन्। मुख्य प्रतिस्पर्धीभन्दा करिब ८ हजार धेरै मत ल्याएर उनी विजयी भएका हुन्। वैदिक २७,४६९ मत ल्याएर विजयी भएका हुन्। कांग्रेसका डा.गोविन्दराज पोखरेल १८ हजार ३३८ मत ल्याएर दोस्रो भए।

दाङ–१ बाट रास्वपाका देवराज पाठक फराकिलो मतले विजयी भएका छन् । पाठकले नेपाली कांग्रेसका सह–महामन्त्री योगेन्द्र चौधरीलाई २७ हजार ३२२ मतान्तरले पछि पर्दै जित निकालेका हुन । उनले ४२ हजार ६ सय २ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी चौधरीले १५ हजार २८० मत प्राप्त गरेका हुन । क्षेत्र २ मा रास्वपाका सहमहामन्त्री विपिनकुमार आचार्य विजयी भएका छन् ।

फराकिलो मतान्तरसहित उनी सांसद निर्वाचित भएका हुन् । मतपरिणामानुसार आचार्यले ४३ हजार ५५७ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका महासचिव शंकर पोखरेलले १५ हजार २८२ मत ल्याए । दाङ ३ मा रास्वपाका कमल सुबेदी विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका दीपक गिरीलाई २७ हजार ७९४ मतान्तरले हराउदै सुबेदीले जित निकालेका हुन । सुबेदीले ४४ हजार दुईसय ४८ मत प्राप्त गर्दा गिरीले १६ हजार चारसय ५३ मत प्राप्त गरेका छन् ।

बर्दिया निर्वाचन क्षेत्र न. १ मा रास्वपाका ठाकुर सिंह थारु विजयी भएका छन्। उनी ४९ हजार ६३१ मत पाएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्दी एमालेका शालिकराम अधिकारीले १४ हजार ६४३ मत पाएका छन्। बर्दिया २ मा रास्वपाका श्रीधर पोख्रेल विजयी भएका छन्। उनले २९ हजार ६७८ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका किशोर सिंह राठोरले २० हजार ४०२ मत ल्याए।

नवलपरासी बर्दघाट सुस्ता पश्चिम क्षेत्र १ मा रास्वपाका विक्रम खनाल निर्वाचित भएका छन् । नेपाली कांग्रेसका विनोद कुमार चौधरीलाई करिब ३५ हजार मतान्तरले पराजित गर्दै खनाल निर्वाचित भएका हुन् । खनालले ४५ हजार २४१ र चौधरी ९ हजार ५०२ मत पाए । रास्वपाका नरेन्द्रकुमार गुप्ता ४४ हजार १३८ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । कांग्रेसका उम्मेदवार भीमबहादुर थापा क्षेत्रीले १५ हजार ९४५ मत प्राप्त गरेर दोस्रो भएका छन् ।

कैलाली निर्वाचन क्षेत्र १ मा रास्वपाकी कोमल ज्ञवाली १७ हजार ८२६ मतसहित विजयी भइन् ।

कैलाली– २ मा रास्वपाकै केपी खनाल विजयी भएका छन् ।कैलाली ३ मा रास्वपाका जगतप्रसाद जोशी निर्वाचित भएका छन् । कैलाली– ४ मा रास्वपाकै खेमराज कोइराला विजयी भए ।कैलाली– ५ मा यसपटक रास्वपा उम्मेदवार आनन्दबहादुर चन्द निर्वाचित भए । राष्ट्रिय स्वतन्त्र पार्टीका हरिमोहन भण्डारीले बैतडीबाट विजयी भएका छन् । भण्डारीले २२ हजार एक सय ३४ मत ल्याउँदै निकटम प्रतिस्पर्धी चतुर बहादुर चन्दलाइ तीन हजार ९४० मतले पराजीत गरेका हुन् । बैतडीमा एक मात्र निर्वाचन क्षेत्र रहेको छ ।

डडेल्धुरामा नेपाली कांग्रेसको गढ भत्काउँदै रास्वपाका उम्मेदवार डा. ताराप्रसाद जोशी विजयी भएका छन्। नेपाली कांग्रेसका नैन सिङ महरलाई ७ हजार मत अन्तरले पराजित गर्दै उनी निर्वाचित भएका हुन। उनले १९ हजार १३१ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नैन सिंह महरले १२ हजार १२१ मत प्राप्त गरेका छन्।

रास्वपाले कञ्चनपुरका तीनवटै निर्वाचन क्षेत्रमा ‘क्लीन स्विप ’ गरेको छ । यहाँका तीनवटै क्षेत्रमा रास्वपाले भारी मतान्तरले जित निकालेको हो । कञ्चनपुर–१ मा रास्वपाका जनकसिंह धामी फराकिलो मतान्तरले विजयी भएका छन् । उनले २४ हजार ३३२ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी नेकपाका उमेदवार विना मगरले ११ हजार ११० मत प्राप्त गरेकी छन् ।

कञ्चनपुर–२ मा पनि रास्वपाका दीपक बोहरा भारी मतान्तरले विजयी भएका छन् । बोहरा कांग्रेस नेता पूर्वमन्त्री एनपी साउदलाई २३ हजार १२५ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । उनले ३३ हजार ९५२ मत प्राप्त गरे ।कञ्चनपुर–३ मा रास्वपाका ज्ञानेन्द्रसिंह महता निर्वाचित भएका छन् । महताले २७ हजार ११८ मत प्राप्त गरेका छन् । महताले १७ हजार ६७५ मतान्तरले कांग्रेसका हरिप्रसाद बोहरालाई पछि पार्दै विजयी भएका हुन् । बोहराले ९ हजार ४४३ मत प्राप्त गरेका छन् ।

Skip This
Skip This
Logo