काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ दुई हजारले बढेको छ। चाँदीको भाउ स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको भाउ तोलाको २ हजारले बढेर तोलाको ३ लाख १९ हजारमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको ३ लाख १७ हजारमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको भाउ भने स्थिर रहेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५७२० मै कारोबार भइरहेको छ । यसअघि मंगलबार पनि चाँदी तोलाको ५७२० मा नै कारोबार भएको थियो ।





























प्रतिक्रिया