काठमाडौं
देशको केन्द्रीय राजधानी प्रवेश गर्ने मुख्य नाका नागढुंगामा सुरुङ मार्ग बन्ने भएको छ । विभिन्न जिल्लाबाट दिनहुँ हजारौं सवारी साधन गुड्ने सो सडकमा यात्रुले प्रायजसो जामको सास्ती बेहोर्दै आउनुपरेको अवस्थामा सडक विभागले उक्त सुरुङ मार्ग बनाउन लागेको हो । "/>

यसरी बन्दै छ नागढुंगामा नेपालको पहिलो सुरुङ मार्ग

यसरी बन्दै छ नागढुंगामा नेपालको पहिलो सुरुङ मार्ग

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
देशको केन्द्रीय राजधानी प्रवेश गर्ने मुख्य नाका नागढुंगामा सुरुङ मार्ग बन्ने भएको छ । विभिन्न जिल्लाबाट दिनहुँ हजारौं सवारी साधन गुड्ने सो सडकमा यात्रुले प्रायजसो जामको सास्ती बेहोर्दै आउनुपरेको अवस्थामा सडक विभागले उक्त सुरुङ मार्ग बनाउन लागेको हो । उक्त मार्ग अन्तर्राष्ट्रियस्तरको हुने भएकाले यस योजनालाई विशेषरूपले हेरिएको विभागले जनाएको छ । विभागका वैदेशिक महाशाखा प्रमुख श्रेष्ठका अनुसार सुरुङ मार्ग निर्माणको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउने कार्य समेत अन्तिम अवस्थामा पुगिसकेको छ ।

उनी भन्छन्– ‘यही फेब्रुअरीको अन्त्य सम्ममा डीपीआर तयार पार्ने लक्ष्य राखेको जापानिज कन्सल्टेन्सीले काम गरिरहेको छ । उक्त कन्सल्टेन्सीले सन् २०१७ को मार्चको अन्त्य देखि डीपीआर तयार पार्न शुरू गरेको थियो ।’ डीपीआर बने लगत्तै सुरुङ मार्ग निर्माण कार्य आउँदो असारमा थालनी गर्ने विभागको योजना छ । २ दशमलव ५ किलोमिटर लम्बाइ रहने उक्त मार्ग थानकोट देखि नागढुंगा हुँदै धादिङको सिस्ने खोलामा निस्कने बताइएको छ ।

जापानी सहयोग नियोग (जाइका) को ऋण सहयोगमा बन्न लागेको उक्त मार्गका लागि करिब २० अर्ब रुपियाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । सरकारले यसका लागि ५ अर्ब ५४ करोड रुपियाँ बजेट विनियोजन गरेको छ भने जापान सरकारसँग १६ अर्बको ऋण सम्झौता भइसकेको छ । करिब ५ वर्ष भित्र निर्माण सकिने लक्ष्य सहित सो योजना अघि बढेको बताइएको छ । यसका लागि सरकारले स्रोत व्यवस्थापन गरिसकेको छ। सो योजना सन् ०२२ सम्ममा पूरा गरिसक्नु पर्ने सम्झौतामा उल्लेख छ।
नेपाल समाचारपत्रबाट

Skip This
Skip This
Logo