काठमाडौं। जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको सम्झनामा ललितपुरको सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा ‘जेन–जी शहीद स्मारक पार्क’ निर्माण सुरु गरिएको छ ।
भदौ २३ र २४ गते भएको आन्दोलनमा मृत्यु भएका ४५ जनामध्ये ४२ शहीदको शालिक पार्कभित्र स्थापना गरिने योजना छ। राष्ट्रिय खेलकुद परिषद्को १२४औँ बोर्ड बैठकले पार्क निर्माणका लागि आवश्यक जग्गा उपलब्ध गराउने निर्णय गरेपछि निर्माण प्रक्रिया अघि बढाइएको हो।
पार्क ऐतिहासिक र मौलिक शैलीमा निर्माण गर्ने तयारी गरिएको छ। यस स्मारकले जेन–जी आन्दोलनमा ज्यान गुमाएका शहीदहरूको योगदानलाई दीर्घकालसम्म सम्झनामा राख्ने उद्देश्य लिइएको बताइएको छ।
स्मारक पार्क निर्माणसँगै सातदोबाटो क्षेत्रलाई आन्दोलनको इतिहाससँग जोडिएको स्मृति स्थलका रूपमा विकास गर्ने लक्ष्य पनि राखिएको छ।





























प्रतिक्रिया