साउदीमा १८ ड्रोन खसालिएको दाबी

साउदीमा १८ ड्रोन खसालिएको दाबी

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । साउदी अरेबियाले आफ्नो पूर्वी क्षेत्रमा उडिरहेका १८ वटा ड्रोन खसालिएको जनाएको छ। साउदी रक्षा मन्त्रालयका अनुसार केही दिनयता आकाशमा देखिएका ड्रोनहरूलाई रोक्दै नष्ट गरिएको हो।

सरकारी साउदी प्रेस एजेन्सीका अनुसार शायबाह तेल सुविधातर्फ गइरहेको एउटा ड्रोन पनि रुब अल खाली मरुभूमिको किनारमा खसालिएको थियो।

ड्रोन कसले पठाएको भन्नेबारे आधिकारिक रूपमा खुलाइएको छैन। तर हाल मध्यपूर्वमा बढ्दो तनावका बीच इरान, अमेरिका र इजरायलबीचको द्वन्द्वसँग यस घटनालाई जोडेर हेरिएको छ।

गत महिनाको अन्त्यतिर अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेपछि क्षेत्रमा सुरक्षा सतर्कता थप बढाइएको छ।
एजेन्सी

Logo