काठमाडौँ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका अध्यक्ष केपी ओलीका बुबाको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।
शुक्रबार सामाजिक सञ्जालमार्फत उनले ओलीलगायत परिवारमा समवेदना प्रकट गरेका छन्। उनले बुबाको निधनले आफूलाई दुःखी बनाएको उल्लेख गरे ।
उनले लेखेका छन्, ‘नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका बुबाको निधनले दुःखी बनाएको छ। बुबाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै केपीजी लगायत शोकाकुल परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गर्दछु।’































प्रतिक्रिया