काठमाडौं। प्रतिनिधिसभा निर्वाचनअन्तर्गत धनुषा–१ बाट उम्मेदवारी दिन खोजेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता किशोरी साहको रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ सम्पन्न भएको छ।
निर्वाचन आयोगले उम्मेदवारी खारेज गरेपछि साहले उक्त निर्णयविरुद्ध फागुन १९ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। सो रिटमाथि शुक्रबार न्यायाधीश सारंगा सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासमा बहस सकिएको हो।
यसअघि बिहीबार न्यायाधीश सुवेदीको इजलासले अन्तरिम आदेश जारी गर्दै साहको नाम कालोसूचीमा नराख्न निर्देशन दिएको थियो। आयोगको निर्णयविरुद्ध दायर रिटको अन्तिम निर्णय भने अदालतले पछि सुनाउने छ ।































प्रतिक्रिया