संयुक्त सैन्य अभ्यासबीच उत्तर कोरियाको मिसाइल प्रदर्शन

संयुक्त सैन्य अभ्यासबीच उत्तर कोरियाको मिसाइल प्रदर्शन

केन्द्रबिन्दु
18
Shares

एजेन्सी । दक्षिण कोरिया र अमेरिकाको संयुक्त सैन्य अभ्यास चलिरहेका बेला उत्तर कोरियाले पूर्वी सागरतर्फ करिब १० वटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाले जनाएको छ।

दक्षिण कोरियाको ज्वाइन्ट चिफ्स अफ स्टाफका अनुसार स्थानीय समयअनुसार दिउँसो १ः२० बजे उत्तर कोरियाको सुनान क्षेत्रबाट मिसाइलहरू प्रक्षेपण गरिएको हो।

यो घटनालाई उत्तर कोरियाले यस वर्ष गरेको तेस्रो ब्यालेस्टिक मिसाइल परीक्षण मानिएको छ। जापानको रक्षा मन्त्रालयले पनि प्रक्षेपण भएको संकेत गर्दै उत्तर कोरियाबाट मिसाइल प्रहार भएको हुन सक्ने जनाएको छ।

यद्यपि यस विषयमा उत्तर कोरियाले अहिलेसम्म आधिकारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन।

Logo