ढुक्क भएर नेपालमा लगानी गर्न एनआरएनलाई चन्द्र ढकालको आग्रह

ढुक्क भएर नेपालमा लगानी गर्न एनआरएनलाई चन्द्र ढकालको आग्रह

केन्द्रबिन्दु
33
Shares

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले गैरआवासीय नेपाली (एनआरएन) हरूलाई नेपालमा लगानी गर्न सजिलो वातावरण रहेको बताए।

एनआरएन संघको १२औँ वार्षिक सभामा उनले देशमा राजनीतिक स्थिरता कायम रहेको, निजी क्षेत्र र लगानीकर्तालाई अनुकूल वातावरण बनेको बताए। जलविद्युत्, पर्यटन, सूचना प्रविधि जस्ता क्षेत्रमा लगानीका अवसरहरू ठूलो रहेको ढकालको भनाइ थियो।

विश्वव्यापी द्वन्द्व र महामारीका बाबजुद पनि मातृभूमि अन्तिम गन्तव्य भएको भन्दै उनीहरूले नेपालमा लगानी गर्न ढुक्क हुन आग्रह गरे। केही लगानीमा समस्या आएको भए पनि ती अपवाद मात्र भएको उनले स्पष्ट पारे।

महासंघले नेपालमा पहिलो दर्ता भएको ‘एनआरएन इन्भेस्टमेन्ट कम्पनी’ सँग मिलेर प्रोजेक्ट अघि बढाइरहेको छ ।

ढकालका अनुसार स्थायी सरकार, लगानी अनुकूल कानून सुधार र उच्चस्तरीय आर्थिक सुधार आयोगले विदेशी र स्वदेशी लगानीको बाटो सजिलो बनाएको छ । उनीहरूले १० अर्ब रुपैयाँको ‘नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड’ कम्पनी स्थापना गरी काम सुरु भइसकेको जानकारी दिएका छन्।

Logo