काठमाडौं। नेपाली कांग्रेसले प्रतिनिधिसभा समानुपातिकतर्फका सांसद चयनका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।
निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएपछि पहिलोपटक बस्न लागेको यो बैठक आज दिउँसो १ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा हुने तय गरिएको छ ।
बैठकमा समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारमध्ये पार्टीले प्राप्त गरेको सिट सङ्ख्याका आधारमा प्रतिनिधिसभा सदस्य छनोट गर्ने विषयमा छलफल हुने जनाइएको छ।
कांग्रेसले चैतको पहिलो साताभित्रै केन्द्रीय कार्यसमिति बैठक पनि बोलाउने तयारी गरेको छ। त्यस बैठकमा पछिल्लो निर्वाचनको समिक्षासहित आगामी राजनीतिक रणनीतिबारे छलफल गर्ने सम्भावना रहेको छ।































प्रतिक्रिया