काठमाडौं
केदारभक्त माथेमा कार्यदलले तयार पारेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक फिर्ता लिन विज्ञहरुले सुझाब दिएका छन् । अध्यादेशका रूपमा जारी भएको राष्ट्रिय चिकित्सा शिक्षा विद्येयक ०७३ सम्बन्धमा शनिबार आयोजित बृहत् छलफल कार्यक्रममा विज्ञले विचाराधीन अवस्थामा हरेको उक्त विधेयकले देश र जनताको भन्दा पनि विदेशीको हित गर्ने दाबी गर्दै फिर्ता लिन सुझाएका हुन् । निहित स्वार्थका लागि तयार पारिएको विधेयकले मेडिकल क्षेत्र मात्रै चलाएको दाबी गर्दै विज्ञले यसले आगामी दिनमा इन्जिनियरिङ, कानुन, प्राज्ञिक सबै क्षेत्रलाई ध्वस्त पार्ने जिकिर गरेका छन् ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सका उपकुलपति प्रा.डा. गणेश गुरुङले प्राज्ञिक व्यक्तिलाई पाखा लगाएर बनाएको विधेयक चिकित्सकलाई मान्य नहुने बताए । ‘यो कुनै आयोग होइन,’ गुरुङले भने, ‘यसलाई चिकित्सकले मान्नु पर्छ भन्ने पनि छैन । उचित समय छ, बुद्धि पुर्याएर फिर्ता लिए राष्ट्रिय चिकित्सा शिक्षा विधेयक बनाउने व्यक्तिको कल्याण हुनेछ ।’
नयाँपत्रिकाबाट































प्रतिक्रिया