काठमाडौं
युवा पुस्तालाई पशुपति क्षेत्रको महत्व बुझाउने उद्देश्यले यहाँ क्रियाशील १३६ संस्थाको सहकार्यमा पहिलोपटक पशुपति महोत्सव आयोजना गरिने भएको छ । "/>

एक हप्ता लामो पशुपति महोत्सव हुँदै

एक हप्ता लामो पशुपति महोत्सव हुँदै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
युवा पुस्तालाई पशुपति क्षेत्रको महत्व बुझाउने उद्देश्यले यहाँ क्रियाशील १३६ संस्थाको सहकार्यमा पहिलोपटक पशुपति महोत्सव आयोजना गरिने भएको छ । फागुन ३० देखि चैत ६ सम्म गरिने एक हप्ते कार्यक्रममा रुद्राभिषेक, ॐ एवं राष्ट्रिय झण्डोत्तोलन, एक लाख एक शालिग्राम पूजन, पशुपति क्षेत्रको प्राचीन सांस्कृतिक प्रदर्शनी लगायत कार्यक्रम आयोजना गरिने महोत्सव आयोजक समितिका सचिव सागर थापाले बताए ।

महोत्सवमा स्वदेश एवम् विदेशका लाखौं धार्मिक पर्यटक आउने लक्ष्य राखिएको आयोजक समितिले जनाएको छ । यस क्षेत्रमा मनाइँदै आएको प्राचार्य जात्राको अवसर पारेर महोत्सव आयोजना गर्न लागिएको शनिबार आयोजित छलफल कार्यक्रममा जानकारी दिइयो । प्राचार्य जात्रालाई नेपाल मण्डलकै पहिलो जात्रा मानिन्छ । महोत्सवका अवसरमा पशुपतिको धार्मिक, सांस्कृतिक, पुरातात्विक एवम् पौराणिक महत्व झल्कने कक्ष पनि राखिने जनाइएको छ ।
रासस

Logo