अफगानिस्तान
अफगानिस्तानको उत्तरी प्रान्त फर्याबमा तालिवानको अखाडालाई लक्ष्य गरी सरकारी बलले गरेको कारबाहीमा परी कम्तीमा २५ आतङ्ककारी मारिएका छन् । गत २४ घण्टा यता यो कारबाही जारी रहेको प्रहरी प्रवक्ताले शनिबार जानकारी दिएका छन् । यस कारबाहीमा कुख्यात तालिवान कमाण्डर मवलावी युसुफ सहित चार कमाण्डर मारिएका छन् । यस इलाकामा शान्ति नभए सम्म तालिवान विरुद्ध सुरक्षा कारबाही जारी रहने प्रहरी प्रवक्तले जानकारी दिए । तालिवान आतङ्ककारी समूहले भने यस कारबाहीको विषयमा केही टिप्पणी गरेका छैनन् ।
रासस/सिन्ह्वा































प्रतिक्रिया