‘पहाड’ मा नेपाली समाजको कथा

‘पहाड’ मा नेपाली समाजको कथा

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ। निर्देशक तुलसी घिमिरेले युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र त्यसले ल्याउने सामाजिक तथा आर्थिक समस्यालाई चित्रण गरेर चलचित्र ‘पहाड’ निर्माण गरिएको बताएका छन् ।

आगामी वैशाख १ गते प्रदर्शन मिति तय गरिएको चलचित्रको आइतबार श्रव्यदृश्य (टिजर) सार्वजनिक गर्दै निर्देशक घिमिरेले यसको कथाले पहाड मात्र नभई समग्र देशको अवस्थालाई दर्शाउने बताए ।

उनका अनुसार पहाड प्राकृतिक रूपमा सुन्दर भए पनि पछिल्लो समय युवाहरू विदेश पलायन हुँदा गाउँ खाली हुँदै गएका छन् । रोजगारीको खोजीमा बसाइँसराइ बढ्दा पहाडका बस्तीहरू उजाड जस्तै देखिन थालेको र यही विषयलाई केन्द्रमा राखेर चलचित्र निर्माण गरिएको उनले बताए ।

निर्देशक घिमिरेले दर्शकसँगै यो चलचित्र घर, परिवार र समाजसम्म विचारका रूपमा पुग्ने विश्वास व्यक्त गरे ।

भाग्यरत्न फिल्म्स प्रालिको ब्यानरमा निर्माण भएको ‘पहाड’ मा बिपीन कार्की, सुनिल थापा, मदनकृष्ण श्रेष्ठ, रेनुनाथ योगी, अरुण क्षेत्री, रवीन्द्रसिंह बानियाँ, उमा गिरीलगायत कलाकारको अभिनय रहेको छ ।

निर्देशक घिमिरेले आफ्नी कान्छी छोरी पञ्चमी घिमिरेलाई पनि यसै चलचित्रमार्फत अभिनेत्रीका रूपमा दर्शकमाझ ल्याएका छन् ।

Skip This
Skip This
Logo