काठमाडौं । सिराहाको विष्णुपुर गाउँपालिका– १ स्थित नहरबाट प्रहरीले प्रतिबन्धित लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार इलाका प्रहरी कार्यालय विष्णुपुरबाट खटिएको प्रहरीकाे चेकिङ टोलीले चेकजाँचको क्रममा सिराहाको मिर्चैया नगरपालिका– ८, मझाउ गाउँका करिब २६ वर्षीय जितेन्द्रकुमार महतोलाई आइतबार दिउँसो प्रतिबन्धित लागुऔषधसहित पक्राउ गरेको हो ।
प्रदेश १–०२–०५३ प ४२७५ नम्बरको मोटरसाइकल चढेर आउँदै गरेका महतोलाई रोकेर चेकजाँच गर्दा झोलामा लुकाएको प्रतिबन्धित लागुऔषध बरामद भएपछि पक्राउ गरिएको छ ।
चेकजाँचको क्रममा झोलाबाट २० बोतल अनरेक्स, आठवटा पाइरोनिक्स स्पास ट्याबलेट र दुईवटा प्रयोग गरिसकेको सोही ट्याबलेटको खाली पत्ता तथा भिभो कम्पनीको एक थान मोबाइल बरामद भएको छ ।
लागुऔषधसहित पक्राउ गएिका उनलाई जिल्ला प्रहरीमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।































प्रतिक्रिया