काठमाडौं
निजी क्षेत्रका आन्तरिक वायुसेवा कम्पनीले हवाई भाडा बढाउने निर्णय गरेका छन् । बढेको भाडा दर आगामी सोमबार (माघ २२ गते) बाट लागू हुनेछ । "/>

सोमबारबाट वढ्ने भयो हवाई भाडा, कुन ठाउँमा कति ?

सोमबारबाट वढ्ने भयो हवाई भाडा, कुन ठाउँमा कति ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
निजी क्षेत्रका आन्तरिक वायुसेवा कम्पनीले हवाई भाडा बढाउने निर्णय गरेका छन् । बढेको भाडा दर आगामी सोमबार (माघ २२ गते) बाट लागू हुनेछ । नेपाल आयल निगमले बिहीबार मध्यरातबाट हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ वृद्धि गरी ९५ रुपैयाँ पुर्याएपछि वायुसेवा कम्पनीले पनि सोही अनुपातमा हवाई भाडा बढाउने निर्णय गरेका हुन् । बढ्ने भाडा दरमा एक महिना अघि भएको प्रतिलिटर ३ रुपैयाँ वृद्धि समेत समेटिएको छ । वायुसेवा कम्पनीको छाता संगठन वायुसेवा सञ्चालक संघको शुक्रबार बसेको बैठकले न्यूनतम ७५ रुपैयाँ देखि अधिकतम ३ सय ५५ रुपैयाँ सम्म भाडा वृद्धि गर्ने निर्णय गरेको हो ।

‘सरकारले तोकिदिएको अधिकतम भाडा ननाघ्ने गरी बढाउने निर्णय भएको छ । कार्यान्वयनका लागि आइतबार (माघ २१ गते) नेपाल नागरिक उड्डयन प्राधिकरणमा सिफारिस गर्छौं,’ संघका प्रवक्ता घनश्याम आचार्यले भने, ‘प्राधिकरणले अनुमोदन गरेमा माघ २२ गतेबाट बढेको भाडादर कार्यान्वयन हुनेछ ।’ नयाँ भाडादर अनुसार काठमाडौंबाट सबैभन्दा नजिक (करिब १५ मिनेट) हवाई दूरीमा रहेको सिमरा जान ३ हजार १ सय २५ रुपैयाँ र टाढा (१ घन्टा २० मिनेट) दूरीको धनगढी जान १२ हजार ६ सय ७५ रुपैयाँ तिर्नु पर्छ । सिमराका लागि ७५ रुपैयाँ र धनगढीका लागि ३ सय ५५ रुपैयाँ भाडा बढेको छ । यसमा विमानस्थल कर २ सय रुपैयाँ जोडिएको छ ।

त्यसैगरी काठमाडौंबाट माउन्टेन फ्लाइटलाई प्रतियात्रु २ सय ७५, पोखरालाई १ सय २५, भैरहवालाई १ सय ६५, विराटनगरलाई १ सय ९०, भद्रपुरलाई २ सय ४०, भरतपुरलाई ८५, नेपालगन्जलाई २ सय ६०, जनकपुरलाई १ सय ५ र तुम्लिङटारलाई १ सय ४५ रुपैयाँ बढी तिर्नु पर्नेछ ।

भाडादर कार्यान्वयन भएपछि काठमाडौंबाट माउन्टेन फ्लाइट जान प्रतियात्रु ११ हजार २ सय ९५, पोखरा जान ४ हजार ८ सय ५५, भैरहवा जान ६ हजार २ सय २०, विराटनगर जान ७ हजार ४ सय ८०, भद्रपुर जान ८ हजार ९ सय ९०, भरतपुर जान ३ हजार ५ सय ९०, नेपालगन्ज जान ९ हजार ५ सय ६०, जनकपुर जान ४ हजार १ सय १५ र तुम्लिङटार जान ५ हजार ८ सय ६५ रुपैयाँ लाग्नेछ । वायुसेवा कम्पनीले गत मंसिर २६ गते हवाई भाडा न्यूनतम ४५ रुपैयाँ देखि अधिकतम २ सय २० रुपैयाँ सम्म वृद्धि गरेका थिए । त्यति बेला आयल निगमले हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ वृद्धि गरेको थियो । त्यसपछि निगमले पुस १८ मा हवाई इन्धनमा प्रतिलिटर ३ रुपैयाँ वृद्धि गरे पनि वायुसेवा कम्पनीले भाडा बढाएका थिएनन् ।
नागरिकबाट

Skip This
Skip This
Logo