काठमाडाैं । विश्वप्रसिद्ध इलेक्ट्रिक भेहिकल (ईभी) निर्माता बीवाईडीले दक्षिण अमेरिकी बजारमा आफ्नो पकड बलियो बनाउँदै ठूलो सफलता हात पारेको छ। ब्राजिलस्थित बीवाईडीको प्लान्टले अर्जेन्टिना र मेक्सिकोबाट कुल १ लाख थान सवारी साधनको निर्यात अर्डर प्राप्त गरेको छ।
रियो दि जेनेरियोमा आयोजित एक कार्यक्रममा कम्पनीकी कार्यकारी उपाध्यक्ष स्टेला लीले उक्त अर्डरमध्ये ५०,००० थान अर्जेन्टिना र बाँकी ५०,००० थान मेक्सिकोका लागि रहेको जानकारी दिइन्। ब्राजिलको बाहिया राज्यस्थित कामासारी प्लान्टले सन् २०२५ जुलाई १ देखि उत्पादन सुरु गरेको थियो। हाल यसको वार्षिक उत्पादन क्षमता १,५०,००० सवारी साधन रहेकोमा भविष्यमा यसलाई ६,००,००० सम्म पुर्याउने लक्ष्य राखिएको छ।
यस प्लान्टले डल्फिन मिनी, बीवाईडी किङ र सङ प्रो जस्ता हाइब्रिड र पूर्ण इलेक्ट्रिक मोडलहरू उत्पादन गर्दै आएको छ। कम्पनीले रियो दि जेनेरियोमा करिब ३०० मिलियन ब्राजिलियन रियास (५३ मिलियन अमेरिकी डलर) को लगानीमा नयाँ अनुसन्धान केन्द्र समेत निर्माण गर्ने घोषणा गरेको छ।





























प्रतिक्रिया