सुर्खेत
प्रदेशसभाको पहिलो बैठकको मिति नजिकिँदै जाँदा सचिवालयका कर्मचारीको व्यस्तता बढ्न थालेको छ । २१ गतेका लागि तोकिएको बैठकका लागि कर्मचारीहरु मध्यराति सम्म काममा खटिरहेका हुन्छन् । "/>

प्रदेश ६ मा पहिलो प्रदेश सभा बैठकको तयारी पूरा

प्रदेश ६ मा पहिलो प्रदेश सभा बैठकको तयारी पूरा

केन्द्रबिन्दु
0
Shares

सुर्खेत
प्रदेशसभाको पहिलो बैठकको मिति नजिकिँदै जाँदा सचिवालयका कर्मचारीको व्यस्तता बढ्न थालेको छ । २१ गतेका लागि तोकिएको बैठकका लागि कर्मचारीहरु मध्यराति सम्म काममा खटिरहेका हुन्छन् । ‘प्रदेश संसदको बैठकका लागि सम्पूर्ण तयारी गर्नु पर्ने भएकाले कामको चटारो छ’ प्रदेशसभा सचिवालयका सचिव सञ्जय दाहालले भने, ‘बैठक कक्षको तयारी देखि कर्मचारी व्यवस्थापन सम्मका सबै काम एकै पटक गर्नु पर्दा हामीलाई भ्याई–नभ्याई छ ।’

प्रदेशसभाको बैठकका लागि तय गरिएको सिंचाई विभाग डिभिजनको भवन र सभाहल सजाउने, रंगरोगन, गेट निर्माण लगायतका कामहरु भइरहेका छन्। पहिलो बैठकमा पेश गरिने अजेण्डा लगायतको टुङ्गो लागिसकेको छ। सचिवालयले शुक्रबार सर्वदलीय बैठकको आयोजना गरेर बैठकमा पेश गर्ने अजेण्डा र अर्को मितिको पनि टुङ्गो लगाएको जनाएको हो ।

‘प्रदेश संसद बैठकका लागि अन्तरिम कार्यविधि पारित गर्नुका साथै सभामुख चयनका लागि दोस्रो बैठकको मिति पनि तय गरेका छौं’ प्रदेश संसद सचिव दाहालले भने, ‘संसद भवन र सभाकक्षको तयारी पनि अन्तिम चरणमा पुगेको छ ।’ पहिलो बैठकमा सभामुखको भूमिका जेष्ठ सदस्य कांग्रेसका हिम बहादुर शाहीले निर्वाह गर्नेछन् । दलहरु बीच भएको सहमति अनुसार माघ २९ गते सभामुखको निर्वाचन हुनेछ ।

नागरिकबाट

Skip This
Skip This
Logo