काठमाडौं
दुर्लभ वन्यजन्तु कस्तुरीको बिना सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने बारा जितपुर–१ का ५६ वर्षीय बल बहाुदर विश्वकर्मा रहेका छन् । "/>

कस्तूरीको बिना सहित बारामा एक जना पक्राउ

कस्तूरीको बिना सहित बारामा एक जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
दुर्लभ वन्यजन्तु कस्तुरीको बिना सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने बारा जितपुर–१ का ५६ वर्षीय बल बहाुदर विश्वकर्मा रहेका छन् । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) बाट खटिएको प्रहरी टोलीले बिहीबार बारा जितपुर–१ बाट पक्राउ गरेको हो । प्रहरीका अनुसार उनी कस्तूरीको बिना बिक्री गर्ने क्रममा पक्राउ परेका हुन् । उनको साथबाट प्रहरीले ११ थान कस्तूरीको बिना बरामद गरेको छ ।

थप अनुसन्धानका लागि उनलाई जिल्ला वन कार्यालय सिमरा पठाइएको छ । उनी विरुद्ध ५ देखि १० लाख रुपैयाँ जरिवाना र ५ देखि १५ वर्ष सम्मको कैद सजायँ हुने कानुनी व्यवस्था छ ।
नयाँपत्रिकाबाट

Logo