आगमी मार्च ५ मा दीपिका पादुकोण र इफरान खान स्टारर फिल्म नेपालबाट सुटिङ सुरु हुने भएको छ । दीपिका र इफरान यसअघि फिल्म पिकुमा एकसाथ देखिएका थिए । "/>

दीपिका र इफरानको फिल्म नेपालमा सुटिङ

दीपिका र इफरानको फिल्म नेपालमा सुटिङ

केन्द्रबिन्दु
0
Shares

आगमी मार्च ५ मा दीपिका पादुकोण र इफरान खान स्टारर फिल्म नेपालबाट सुटिङ सुरु हुने भएको छ । दीपिका र इफरान यसअघि फिल्म पिकुमा एकसाथ देखिएका थिए । अहिले उनीहरुले काम गर्न लागेको फिल्मको नाम भने टुंगो गरिसकेको छैन ।

विशाल भारद्वाजले डाइरेक्सन गर्ने फिल्मको लागि नेपालमा सम्पूर्ण तयारी पुरा भैसकेको छ । विशाल भारद्वाजको फिल्ममा काम गर्ने कुराले आफु निकै उत्साहित भएको दीपिकाको भनाई छ । विशाल भारद्वाजले पनि फिल्म डाइरेक्सनको चुनौतीपूर्ण जिम्मेवारी सम्हालेको बताएका छन् ।

त्यसो त यो फिल्म बनाउने कुरा यसअघि नै भएको थियो । तर विभिन्न कारणले फिल्म सुटिङको काम भएको थिएन । अहिले भने फिल्म बन्ने टुंगो भएको छ । साथसाथै यो फिल्म आगमी महिना नै फ्लोरमा जाने पनि निश्चित भएको छ ।

फिल्मको पहिलो सुटिङ नै नेपालबाट हुदैछ । तर नेपालको कुन ठाउमा सुटिङ हुने र फिल्मको कथासँग नेपालको कनेक्सन के छ भन्नेबारे अहिले केहि खुलेको छैन ।

 

Skip This
Skip This
Logo