महिला लिग आजबाट सुरु : ९ टोलीबीच च्यासलमा कडा प्रतिस्पर्धा

महिला लिग आजबाट सुरु : ९ टोलीबीच च्यासलमा कडा प्रतिस्पर्धा

केन्द्रबिन्दु
9
Shares

काठमाडौँ । महिला फुटबलको प्रतिस्पर्धात्मक माहोल फेरि तातिँदै छ । सहिद स्मारक एन्फा राष्ट्रिय महिला लिग आजदेखि ललितपुरको च्यासल रंगशालामा सुरु हुँदैछ, जहाँ देशभरका ९ टोली उपाधिका लागि भिड्नेछन् ।

उद्घाटन खेलमै न्यु रोड टिम (एनआरटी) र संकटा एफसी आमनेसामने हुँदैछन् । त्यस्तै, आजै हुने अर्को खेलमा त्रिभुवन आर्मी क्लबले झापा एफसीसँग प्रतिस्पर्धा गर्नेछ ।

लिगभरिका सबै खेल च्यासलमै हुनेछन् । एपीएफ एफसी, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी, चर्च बोइज युनाइटेड, बागमती युथ क्लब, झापा एफसी, एनआरटी, संकटा एफसी र आरएस रिसोर्ट एन्ड बीच फुटबल गरी ९ टोली मैदानमा उत्रिँदै छन् ।

महिला फुटबललाई थप प्रतिस्पर्धात्मक र व्यावसायिक बनाउने लक्ष्यसहित आयोजना गरिएको यो लिग वैशाख १२ गतेसम्म सञ्चालन हुनेछ ।

Logo