काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान पशुपतिनाथ मन्दिरमा रुद्राभिषेक पूजा गर्दै निर्वाचन शान्तिपूर्ण सम्पन्न भएकोमा आराध्यदेवलाई धन्यवाद व्यक्त गरेकी छन्।
प्रधानमन्त्री कार्कीले मुलुकलाई शान्ति, स्थायित्व र उन्नतिको मार्गमा अग्रसर गराउन सबै पक्षबाट प्राप्त सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा देश समृद्धि र एकताका मार्गमा अघि बढोस् भनी कामना गरिन्।
उक्त अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिलकुमार सिन्हा, पशुपति क्षेत्र विकास कोषका सदस्य–सचिव प्रकाशमणि शर्मा र कार्यकारी निर्देशक सुवास जोशीललगायत अधिकारीहरू पनि उपस्थित थिए।
प्रधानमन्त्री कार्कीले यस अवसरमा नेपालीबीच एकता, सद्भाव र आत्मीयता बलियो बनोस् भन्ने संदेश पनि दिइन्।





























प्रतिक्रिया