निर्वाचन सुरक्षामा योगदान पुर्‍याउने अधिकारीहरू सम्मानित

निर्वाचन सुरक्षामा योगदान पुर्‍याउने अधिकारीहरू सम्मानित

केन्द्रबिन्दु
21
Shares

काठमाडौँ । रुकुम पश्चिममा प्रतिनिधि सभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन योगदान पुर्‍याउने सुरक्षा निकायका प्रमुखहरूलाई सम्मान गरिएको छ।

प्रमुख जिल्ला अधिकारी तथा जिल्ला सुरक्षा समितिका संयोजक दिनेशप्रसाद थानीले विभिन्न चार सुरक्षा निकायका प्रमुखहरूलाई प्रशंसा पत्र र दोसल्लासहित सम्मान गरेका हुन्।

सम्मानित हुनेमा चण्डीदल गणका गणपति प्रमुख सेनानी बिनिश श्रेष्ठ, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेल, सशस्त्र प्रहरी बल नेपाल ४७ नम्बर गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक जगदिशचन्द्र हमाल तथा राष्ट्रिय अनुसन्धान विभाग जिल्ला कार्यालयका प्रमुख अनुसन्धान अधिकृत नेवबहादुर राना रहेका छन्।

फागुन २१ मा सम्पन्न निर्वाचनलाई शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गराउन उनीहरूले निर्वाह गरेको भूमिकाको कदर स्वरूप उक्त सम्मान प्रदान गरिएको प्रशासनले जनाएको छ।

Skip This
Skip This
Logo