सभापती थापाको राजीनामा अस्वीकृत गर्ने तयारीमा कांग्रेस

सभापती थापाको राजीनामा अस्वीकृत गर्ने तयारीमा कांग्रेस

केन्द्रबिन्दु
15
Shares

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको शुक्रबार बस्ने बैठकमा सभापति गगन थापाले दिएको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेस हुने भएको छ ।

निर्वाचनमा पराजयपछि नैतिक जिम्मेवारी लिँदै थापाले उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका थिए । तर पार्टीभित्रैबाट उनलाई पदमै रहन आग्रह हुँदै आएको छ ।

बैठकमा उपसभापति शर्माले राजीनामाबारे औपचारिक जानकारी गराउने र त्यसलाई अस्वीकृत गर्ने प्रस्ताव अघि सार्ने तयारी भएको स्रोतले जनाएको छ । थापा भने उक्त बैठकमा सहभागी नहुने बताइएको छ ।

विशेष महाधिवेशनबाट सभापति बनेका थापाको नेतृत्वमा निर्वाचनमा अपेक्षित नतिजा नआएपछि पार्टीभित्र नेतृत्वको जिम्मेवारी र भविष्यबारे बहस चर्किएको छ । अब केन्द्रीय समितिको निर्णयले कांग्रेसको आगामी नेतृत्व र दिशामा महत्वपूर्ण प्रभाव पार्ने देखिन्छ ।

Skip This
Skip This
Logo