नवनिर्वाचित सांसदहरुको शपथ आउँदो १२ गते

नवनिर्वाचित सांसदहरुको शपथ आउँदो १२ गते

कांगेस नेता तथा पूर्वमन्त्री केसीले गराउनेछन् शपथ

केन्द्रबिन्दु
15
Shares

काठमाडौं। संघीय संसद सचिवालयले नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको शपथग्रहण कार्यक्रम चैत १२ गते गर्ने तयारी गरेको छ ।

निर्वाचन आयोगले प्रतिवेदन बुझाएपछि औपचारिक रूपमा शपथको मिति टुंगो लाग्ने भए पनि हालको तयारीअनुसार चैत १२ लाई लक्ष्य बनाइएको संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिएका छन् ।

शपथ ग्रहण ज्येष्ठ सांसदमार्फत गराइनेछ । आयोगले तोकेको ज्येष्ठ सांसदले पहिले राष्ट्रपतिबाट शपथ लिने र त्यसपछि अन्य सांसदलाई शपथ गराउने परम्परा रहिआएको छ । यसपटक सबैभन्दा ज्येष्ठ सांसदका रूपमा अर्जुननरसिंह केसी रहनेछन् ।

शपथका लागि सिंहदरबार परिसरभित्र निर्माणाधीन संसद भवनको एउटा हल अस्थायी रूपमा तयार पारिएको छ । जेनजी आन्दोलनका क्रममा बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेको पुरानो संसद भवन क्षतिग्रस्त भएपछि नयाँ भवन तयार नभएसम्म अस्थायी व्यवस्था गरिएको हो ।

यसैबीच, शपथ कार्यक्रमको तयारीबारे जानकारी दिन संसद सचिवालयले राजनीतिक दलका प्रतिनिधिहरूसँग छलफल गर्ने तयारी पनि गरेको छ । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्रमुख दलहरूलाई बैठकमा सहभागी गराइने बताइएको छ ।

Skip This
Skip This
Logo