राप्तीमा छाडियो २५० घडियाल गोही,संरक्षण प्रयास जारी

राप्तीमा छाडियो २५० घडियाल गोही,संरक्षण प्रयास जारी

केन्द्रबिन्दु
18
Shares

चितवन। चितवन राष्ट्रिय निकुञ्जले यस वर्ष २५० वटा घडियाल गोही राप्ती नदीमा छाडेको छ । यी गोहीहरू प्रजनन केन्द्रमा हुर्काएर नदीमा पठाइएको हो ।

अघिल्लो वर्ष १३३ गोही छाडिएको थियो भने हालसम्म करिब २ हजार २८० गोही विभिन्न नदीमा छाडिएको तथ्यांक छ । सबैभन्दा धेरै गोही राप्ती नदीमै छाडिएको छ ।

प्रजनन केन्द्रमा अहिले पनि करिब ६ सय गोही रहेका छन् । करिब पाँच वर्ष पुगेपछि गोहीलाई प्राकृतिक बासस्थानमा छाड्ने गरिन्छ ।

तर नदीमा छाडिएका सबै गोही बाँच्न सक्दैनन् । बाढी, प्रदूषण, माछा मार्ने जाल र सिकारीका कारण धेरै गोही जोखिममा पर्ने गरेका छन् । केही गोही बगेर भारतसम्म पुग्ने गरेको पनि बताइएको छ ।

गोही संरक्षणका लागि वर्षौँदेखि चलिरहेको यो प्रयास जारी रहे पनि चुनौती भने अझै कायम छ ।

Logo