शपथग्रहण प्रक्रिया अघि बढाउन दलहरुसंगको छलफलमा सचिवालय

शपथग्रहण प्रक्रिया अघि बढाउन दलहरुसंगको छलफलमा सचिवालय

केन्द्रबिन्दु
21
Shares

काठमाडौं। नवनिर्वाचित सांसदहरूको शपथग्रहण प्रक्रिया अघि बढाउन संघीय संसद सचिवालयले प्रमुख ६ दलका प्रतिनिधिसँग छलफल थालेको छ । दिउँसो २ बजे हुने बैठकमा शपथको मिति, व्यवस्थापन र अन्य तयारीबारे सुझाव लिइनेछ ।

फागुन २१ को निर्वाचनपछि बनेका ६ राष्ट्रिय दलसँग समन्वय गरेर शपथ कार्यक्रमलाई अन्तिम रूप दिन खोजिएको हो । यसैबीच, निर्वाचन आयोगले आजै राष्ट्रपतिसमक्ष निर्वाचनको अन्तिम प्रतिवेदन बुझाउने तयारी गरेको छ, जसले सरकार गठन प्रक्रिया अघि बढाउने बाटो खोल्नेछ ।

सचिवालयले चैत १२ गते शपथग्रहण गर्ने तयारी राखे पनि दलहरूको सहमति अनुसार मिति हेरफेर हुन सक्ने जनाएको छ । सांसदहरूले चाहेको खण्डमा आफ्नै मातृभाषामा शपथ लिन सक्ने व्यवस्था पनि खुला राखिएको छ ।

नवनिर्मित संसद परिसरभित्र अस्थायी हलमा शपथ गराउने तयारी छ, किनकि मुख्य बैठक कक्ष अझै तयार भइसकेको छैन ।

Skip This
Skip This
Logo