निर्मल पौडेल,पर्वत। पर्वत र बागलुङका तीन प्रतिनिधिसभा सदस्यहरूले कालीगण्डकी नदीमा भइरहेको अवैध दोहन तत्काल रोक्न सरकारलाई कडा दबाब दिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्वतबाट निर्वाचित सागर भुसाल, बागलुङ १ बाट निर्वाचित सुशील खड्का र बागलुङ–२ बाट निर्वाचित सोम शर्माले संयुक्त हस्ताक्षरित विज्ञप्ती जारी गर्दै दोहन रोक्न माग गरेका हुन् ।
सांसदहरूले संयुक्त रूपमा सार्वजनिक गरेको वक्तव्यमा नदीको प्राकृतिक, धार्मिक र सांस्कृतिक महत्वमाथि भइरहेको क्षति गम्भीर भएको भन्दै तत्काल हस्तक्षेप गर्न माग गरिएको छ ।
वक्तव्यमा कालीगण्डकीलाई दुर्लभ शालिग्राम पाइने विश्वकै विशेष नदीका रूपमा उल्लेख गर्दै अनियन्त्रित उत्खननले पारिस्थितिक सन्तुलन र सांस्कृतिक सम्पदामा असर पारिरहेको आरोप लगाइएको छ । सांसदहरूले यस्तो गतिविधि कानुनविपरीत भएको दाबी गर्दै दोषीमाथि कडा कारबाही गर्नुपर्ने माग गरेका छन्।
उनीहरूले कालीगण्डकी नदीलाई विशेष संरक्षित क्षेत्र घोषणा गर्नुपर्ने र दीर्घकालीन संरक्षणका लागि स्पष्ट नीति तथा कानुनी व्यवस्था आवश्यक रहेको उल्लेख गरेका छन्। साथै, आगामी संसद अधिवेशनमा यो विषयलाई औपचारिक रूपमा उठाउने प्रतिबद्धता पनि जनाएका छन्।
उनीहरुले नदी दोहनका गतिविधि नेपालको कानुनविपरीत रहेको भन्दै यस्ता कार्य तत्काल रोक्न र दोषीमाथि कडा कानुनी कारबाही गर्न माग गरेका छन्। संविधानले सुनिश्चित गरेको स्वच्छ वातावरणको अधिकार र धार्मिक स्वतन्त्रतामाथि समेत यसले असर पु-याएको विज्ञप्तीमा उल्लेख छ । उनीहरुले नदी दोहनको विषयलाई औपचारिक रूपमा उठाई दीर्घकालीन संरक्षणका लागि आवश्यक नीति तथा कानुनी व्यवस्था गर्न पहल गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।
कालीगण्डकीको संरक्षणलाई आफ्नो नैतिक, कानुनी तथा संवैधानिक दायित्व भएको उल्लेख गर्दै यसबाट पछि नहट्ने र कडा रुपमा प्रतिवादमा लाग्ने समेत उनीहरुले बताएका छन् । कालीको सभ्यता मानव इतिहासको प्रमुख मान्निन्छ ।

कालिगण्डकीको क्रसर व्यावसायीहरुले दिनदहाडै हाकाहाकी रुपमा चिरहरण गर्दै आइरहेका छन् ।
सांसदहरुले विज्ञप्तीनै निकालेर कालिगण्डकी दोहनको बारेमा चिन्ता व्यक्त गरेकोमा कालिगण्डकी बचाउ अभियानले सांसदहरुको निर्णय सकारात्मक भएको उल्लेख गरेको छ ।





























प्रतिक्रिया