काठमाडौँ।राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक तथा सांस्कृतिक विविधताबीचको एकताले नेपाली राष्ट्रियतालाई सबल र सुदृढ बनाउने बताएका छन् । इस्लाम धर्मावलम्बीको पर्व ईद (ईद–उल–फित्र) का अवसरमा जारी सन्देशमा उनले मुस्लिम समुदायको मौलिक संस्कृति र परम्पराको संरक्षण, संवर्द्धन र विकासमा यस पर्वले योगदान गर्ने विश्वास व्यक्त गरेका छन् ।
सन्देशमा भनिएको छ, “यस पर्वले सम्पूर्ण नेपालीबीच आपसी समझदारी, दिगो शान्ति र भाइचाराको भावना तथा बृहत् राष्ट्रिय एकताको सोच अभिवृद्धि गर्न प्रेरणा मिलोस् भन्ने कामना छ ।”
ईद (ईद–उल–फित्र) पर्व मुस्लिम समुदायले रिस, राग र द्वेष बिर्सेर आपसमा खुसी साटासाट गर्दै मनाउने गर्छन् । यस अवसरमा विशेष नमाज पढेर आशीर्वाद लिने र दिने, मिष्टान्न परिकार खाने र खुवाउने परम्परा छ ।





























प्रतिक्रिया