एमालेलाई अब ‘इतिहासको ब्याज’ मा होइन, ‘भविष्यको लगानी’मा हिँडाउनुपर्छ -सुरेन्द्र पाण्डे

एमालेलाई अब ‘इतिहासको ब्याज’ मा होइन, ‘भविष्यको लगानी’मा हिँडाउनुपर्छ -सुरेन्द्र पाण्डे

केन्द्रबिन्दु
15
Shares

काठमाडौं | नेकपा (एमाले) का नेता सुरेन्द्र पाण्डेले एमालेलाई परम्परागत राजनीतिक शक्तिबाट रूपान्तरण गरी देशका जटिल समस्या समाधान गर्ने ‘विज्ञता र प्रविधि’ सहितको गतिशील संस्था बनाउनुपर्ने प्रस्ताव अघि सारेका छन् ।

पार्टीको आगामी कार्यदिशाका बारेमा चर्चा गर्दै नेता पाण्डेले एमाले केवल पुरानै लयमा फर्किने मात्र नभई, अझ आधुनिक र शक्तिशाली भएर उदाउनु पर्ने बताएका हुन् । उनले भनेका छन्, “हामीले अब इतिहासको ब्याज खाएर बस्ने होइन, भविष्यको लगानीमा ध्यान दिनुपर्छ ।”

पहिलो, विज्ञतामा आधारित राजनीति: अब पार्टीले केवल भाषण होइन, विषयविज्ञ र अर्थशास्त्रीहरूसँगको सहकार्यमा देशको आर्थिक संकट समाधान गर्ने ‘प्राविधिक रोडम्याप’ तयार गर्नुपर्छ।

दोस्रो, डिजिटल मेरिटोक्रेसी: व्यक्तिगत पहुँचका आधारमा जिम्मेवारी दिने प्रथा अन्त्य गर्न आधुनिक प्रविधि र पारदर्शी ‘इभ्यालुएसन फ्रेमवर्क’ लागू गर्नुपर्छ, जसले हरेक कार्यकर्ताको क्षमता र योगदानको निष्पक्ष मापन गरोस्।

तेस्रो, संरचित पुस्तान्तरण: नयाँ पुस्तालाई नेतृत्वमा ल्याउन र अनुभवीहरूको ज्ञान उपयोग गर्न ‘को-लिडरसिप र मेन्टरसिप’ को वैज्ञानिक मोडल सुरु गर्नुपर्ने उनकाे भनाइ छ ।

Skip This
Skip This
Logo