राजकुमार विकका कलामा ‘सहअस्तित्व’को सशक्त खोज, चित्रमार्फत विभेदविरुद्ध सन्देश

राजकुमार विकका कलामा ‘सहअस्तित्व’को सशक्त खोज, चित्रमार्फत विभेदविरुद्ध सन्देश

केन्द्रबिन्दु
24
Shares

काठमाडौँ। एकसट्ठिऔँ अन्तरराष्ट्रिय जातीय तथा रङ्गभेद उन्मूलन दिवसका अवसरमा कलाकार राजकुमार विकले चित्रकलामार्फत सहअस्तित्वको सन्देश प्रस्तुत गरेका छन्। नक्सालस्थित नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको सभाहलमा ‘सहअस्तित्व’ शीर्षकको एकल प्रदर्शनी सुरु गरिएको हो।

प्रदर्शनीमा राखिएका ३५ कलाकृतिमा दलित समुदायको जीवन, श्रम, पीडा र संघर्षलाई रङ र आकृतिमार्फत जीवन्त रूपमा प्रस्तुत गरिएको छ। चित्रहरूले जातीय विभेदविरुद्ध सशक्त आवाज उठाएको सरोकारवालाहरूको भनाइ छ।

कार्यक्रम उद्घाटनका क्रममा सहभागी वक्ताहरूले कलामा मानवीय संवेदना र सामाजिक यथार्थ प्रस्ट झल्किएको उल्लेख गर्दै यस्ता सिर्जनाले समाजमा समानता र सहअस्तित्वको चेतना फैलाउन मद्दत गर्ने बताए।

कलाकार विकले आफ्ना सिर्जनामार्फत उत्पीडित समुदायका कथा र अनुभूतिलाई क्यानभासमा उतार्दै सामाजिक जागरण र श्रमचेतना अभिवृद्धि गर्ने प्रयास गरेको बताए। प्रदर्शनी चैत १० गतेसम्म सञ्चालन हुनेछ।

Logo