४८ घण्टामा होर्मुज जलमार्ग नखोले इरानका पावर प्लान्ट ध्वस्त पारिदिने ट्रम्पको चेतावनी

४८ घण्टामा होर्मुज जलमार्ग नखोले इरानका पावर प्लान्ट ध्वस्त पारिदिने ट्रम्पको चेतावनी

केन्द्रबिन्दु
15
Shares

वाशिङ्टन। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानलाई कडा चेतावनी दिएका छन्। “ ४८ घण्टाभित्र होर्मुज जलमार्ग नखोले इरानका विद्युत् गृहहरू ध्वस्त पारिन्छन्,” ट्रम्पले चेतावनी दिएका छन् ।

इरानले तेल आपूर्तिको मुख्य बाटो होर्मुज बन्द गरेपछि अमेरिका आक्रामक बनेको हो। यो जलमार्ग बन्द हुँदा विश्वभर तेल संकट गहिरिने खतरा छ ।

यसबीच इरानले इजरायलको डिमोना क्षेत्रमा क्षेप्यास्त्र प्रहार गरेको छ । कम्तीमा ४७ जना घाइते भएका छन्। लक्ष्य आणविक केन्द्र नजिकको क्षेत्र रहेको बताइएको छ ।

इजरायलले यसलाई गम्भीर हमला भन्दै कडा प्रतिक्रिया दिने संकेत दिएको छ । प्रधानमन्त्री नेतन्याहुले अवस्था “अत्यन्त गम्भीर” भएको बताएका छन्।

इरानले भने यो आक्रमण आफ्नो आणविक केन्द्रमाथि भएको हमलाको बदला भएको दाबी गरेको छ ।

स्थिति अहिले सीधा टकरावमा पुगेको छ । एकातिर अमेरिकाको धम्की, अर्कातिर इरानको आक्रमण । तनाव झन् बढ्ने संकेत स्पष्ट देखिएको छ ।

Skip This
Skip This
Logo