काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य ह्वात्तै घटेको छ। आइतबार (चैत ८) सुनको मूल्य प्रतितोला १२ हजार ५०० रुपैयाँले घटेर दुई लाख ८२ हजार रुपैयाँमा पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिन (शुक्रबार) सुन प्रतितोला दुई लाख ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। चाँदी प्रतितोला ३५५ रुपैयाँले घटेर चार हजार ५४० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी चार हजार ८९५ रुपैयाँमा किनबेच भएको थियो।





























प्रतिक्रिया