गृहमन्त्री र प्रधानसेनापतिबीच झन्डै दुई घण्टा छलफल

गृहमन्त्री र प्रधानसेनापतिबीच झन्डै दुई घण्टा छलफल

केन्द्रबिन्दु
30
Shares

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्याल र प्रधान सेनापति अशोक राज सिग्देलबीच आइतबार करिब दुई घण्टा लामो भेटवार्ता भएको छ। प्रधान सेनापति सिग्देल मन्त्री अर्याललाई भेट्न गृह मन्त्रालय पुगेका थिए।

दुवै पक्षबीच भएको छलफलका विषयवस्तु सार्वजनिक गरिएको छैन। यद्यपि स्रोतका अनुसार समसामयिक विषयहरूमा केन्द्रित भएर विचार-विमर्श भएको जनाइएको छ।

भेटका क्रममा ‘जेन-जी ’ आन्दोलनसँग सम्बन्धित घटनाबारे तयार पारिएको प्रतिवेदनप्रति पनि प्रधान सेनापतिले चासो व्यक्त गरेको बताइएको छ। उक्त घटनासम्बन्धी विस्तृत प्रतिवेदन गौरीबहादुर कार्कीको संयोजकत्वमा गठित समितिले तयार गरी सरकारलाई बुझाइसकेको छ।

Skip This
Skip This
Logo