६० लाख रुपैयाँ खर्च गरेर २६ वर्षपछि तरेगना खानेपानी आयोजना सञ्चालनमा

६० लाख रुपैयाँ खर्च गरेर २६ वर्षपछि तरेगना खानेपानी आयोजना सञ्चालनमा

केन्द्रबिन्दु
15
Shares

सिरहा। लामो समयदेखि अलपत्र रहेको लहान–१६ तरेगना खानेपानी आयोजना २६ वर्षपछि सञ्चालनमा आएको छ। विश्व पानी दिवसको अवसर पारेर आयोजना औपचारिक रूपमा सुरु गरिएको हो।

विसं २०५६ मा ओभरहेड ट्याङ्की बने पनि बोरिङबाट पानी नआएपछि आयोजना रोकिएको थियो। गत वर्ष बाँकी काम खानेपानी संस्थानलाई जिम्मा दिइएपछि मर्मत र नयाँ बोरिङ जडान गरी काम पूरा गरिएको हो।

करिब ६० लाख रुपैयाँ खर्च गरेर जीर्ण संरचना सुधार गरिएको र यसपटक दुई किलोमिटर टाढाबाट पानी ल्याइएको छ। अहिले २१ घरमा पानी वितरण सुरु भएको छ भने छिट्टै ५ सय परिवारसम्म विस्तार गर्ने योजना छ।

लामो समयदेखि पानी अभाव झेल्दै आएका स्थानीयलाई अब स्वच्छ खानेपानी उपलब्ध हुने भएको छ। चुरे क्षेत्रका कारण भूमिगत पानी घट्दै गइरहेको अवस्थामा यो आयोजना उपयोगी हुने अपेक्षा गरिएको छ।

Skip This
Skip This
Logo