काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा) को केन्द्रीय कार्य समितिको दोस्रो बैठकले नयाँ कार्यसमितिको पूर्णता प्रदान गरेको छ।
आज नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको अध्यक्षतामा बसेको दोस्रो केन्द्रीय कार्य समिति बैठकले नाडाको विधान २०७१ बमोजिम पदाधिकारीहरूको चयन गरेको हो । २०८२ पौष २५ गते सम्पन्न भएको केन्द्रीय कार्य समिति सदस्यहरूको निर्वाचनबाट निर्वाचित सदस्यहरू मध्येबाट पदाधिकारी चयन गरी गरिएको थियो।
नयाँ कार्यसमितिका पदाधिकारीहरूमा अध्यक्ष सुरेन्द्रकुमार उप्रेती, निवर्तमान अध्यक्ष करणकुमार चौधरी, संस्थागत उपाध्यक्ष भद्र भण्डारी र गणेशप्रसाद भट्टराई, उपाध्यक्ष विक्रम सिंहानिया र अभिक ज्योति रहेका छन्। त्यसैगरी महासचिव मिलनबाबु मल्ल, सचिव मेघराज पौड्याल, कोषाध्यक्ष पंकज अग्रवाल तथा सहकोषाध्यक्ष निलमणी पाठक चयन भएका छन्। संस्थागत सदस्यहरू मध्येबाट प्रदेश सदस्यका रूपमा डिल्लीराम आचार्य, केदारकुमार अग्रवाल, दामोदर अटल, दिपेन्द्र कोइराला र पुष्कर ओझा चयन भएका छन्।
अध्यक्षबाट मनोनित सदस्यहरूमा दिपककुमार अग्रवाल, महेश पाल र राजेशप्रसाद गिरी मनोनित भएका छन् ।































प्रतिक्रिया