काठमाडौँ। चार दिनसम्म सञ्चालन भएको २७औँ ‘फ्लोरा एक्स्पो’ एक करोड २२ लाख रुपैयाँभन्दा बढीको कारोबार गर्दै सम्पन्न भएको छ । चैत ५ गतेदेखि सुरु भएको मेलामा करिब ६० हजार ७०० जनाले अवलोकन गरेका थिए । मेलामा व्यावसायिक, अफिसियल र प्रतिस्पर्धात्मक गरी विभिन्न स्टल राखिएका थिए ।
पुष्प व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको यस एक्स्पोमा सहभागी र अवलोकनकर्ताको उल्लेखनीय उपस्थिति देखिएको छ ।
नेपालमा पुष्प व्यवसायमा अर्बौँ लगानी रहेको र हजारौँले रोजगारी पाएका छन् । पछिल्लो समय पुष्प तथा पुष्पजन्य वस्तुको आयात घट्दै गएको र निर्यात बढ्दो क्रममा रहेको तथ्याङ्कले देखाएको छ ।































प्रतिक्रिया