इरानलाई दिएको लल्टिमेटम सकिन लाग्दा बेलायती प्रधानमन्त्री स्टार्मर संगको वार्तामा के भन्छन् ट्रम्प ?
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र बेलायती प्रधानमन्त्री किएर स्टार्मरबीच मध्यपूर्वको अवस्थाबारे टेलिफोन वार्ता भएको छ ।
वार्तामा विशेषगरी होर्मुज स्ट्रेट बन्द हुँदा देखिन सक्ने असर र त्यसलाई पुनः सञ्चालन गर्ने विषयमा केन्द्रित छलफल भएको जनाइएको छ । यो जलमार्ग बन्द रहँदा विश्वभर तेल आपूर्ति र ढुवानीमा समस्या आउन सक्ने भएकाले दुवै पक्षले चिन्ता व्यक्त गरेका छन् ।
दुवै नेताले अन्तर्राष्ट्रिय बजार स्थिर राख्न उक्त समुद्री मार्ग खुला हुनु आवश्यक रहेकोमा जोड दिएका छन् ।
यसैबीच, ट्रम्पले इरानलाई दिएको समयसीमा सकिन लागेकाले दबाब बढ्दै गएको बताइएको छ ।





























प्रतिक्रिया