काठमाडौँ
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि २४ जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । उम्मेदवारी फिर्ता लिने अन्तिम दिन सोमबार सम्म २४ जना निर्विरोध निर्वाचित भएका हुन् । "/>

राष्ट्रियसभा निर्वाचन : २४ जना र्निविरोध, ३२ सिटका लागि ५२ प्रतिस्पर्धी

राष्ट्रियसभा निर्वाचन : २४ जना र्निविरोध, ३२ सिटका लागि ५२ प्रतिस्पर्धी

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि २४ जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । उम्मेदवारी फिर्ता लिने अन्तिम दिन सोमबार सम्म २४ जना निर्विरोध निर्वाचित भएका हुन् । निर्विरोध हुनेमा प्रदेश १ मा ६ जना, प्रदेश २ मा ८ जना, प्रदेश ४ मा १ जना, प्रदेश ५ मा ३ जना, प्रदेश ७ मा ६ जना उम्मेदवार छन् । प्रदेश ३ र प्रदेश ६ का भने सबै ८ पदमा निर्वाचन हुनेछ ।

प्रदेश १ मा महिला ३ र अन्य ३ गरी ६ जना र प्रदेश २ मा भने सबै उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । प्रदेश ४ मा अपांगता वा अल्पसंख्यकको १ पद, प्रदेश ५ मा ३ महिला र प्रदेश ७ मा महिला ३ र अन्य ३ गरी ६ जना निर्विरोध निर्वाचित भएका छन् । निर्वाचनमा अब ३२ पदमा ५२ जना बीच प्रतिस्पर्धा हुनेछ । निर्वाचन आयोगले सोमबार सबै उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरेको छ । निर्वाचन चिह्न पाएसँगै उम्मेदवारले चुनाव प्रचार प्रसार सुरु गरिसकेका छन् । राष्ट्रियसभा निर्वाचनमा एउटा प्रदेशबाट महिला ३, अन्य ३, अपांग वा अल्पसंख्यक १ र दलित १ गरी ८ जना निर्वाचत हुने व्यवस्था छ ।

१० माघमा ५६ सिटका लागि ८३ जनाले उम्मेदवारी दर्ता गरेका थिए भने ७ जनाले उम्मेदवारी फर्ता लिएका छन् ।निर्वाचन कार्यतालिकाअनुसार सोमबार २ बजेसम्म उम्मेदवारलाई मनोनयनपत्र फिर्ता लिन समय प्रदान गरिएको थियो ।
अन्नपूर्णबाट

Skip This
Skip This
Logo