६ हजार ५ सयले घट्यो सुनको मूल्य, कतिमा भईरहेछ कारोबार ?

६ हजार ५ सयले घट्यो सुनको मूल्य, कतिमा भईरहेछ कारोबार ?

केन्द्रबिन्दु
9
Shares

काठमाडौं। नेपालमा सुनको मूल्य लगातार घट्दै गएको छ । सोमबार तोलामा ६ हजार ५०० रुपैयाँ घटेसँगै सुन प्रतितोला २ लाख ७५ हजार ५०० रुपैयाँमा झरेको छ ।

पछिल्लो एक सातामा मात्रै सुनको मूल्य करिब ३४ हजार रुपैयाँले घटेको छ । अघिल्लो साता सुनको भाउ ३ लाख ९ हजार ५०० रुपैयाँसम्म पुगेको थियो भने गत माघमा हालसम्मकै उच्च ३ लाख ३९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैबीच, चाँदीको मूल्य पनि घटेको छ । सोमबार चाँदी तोलामा ११५ रुपैयाँ घटेर ४ हजार ४२५ रुपैयाँमा कारोबार भएको छ । एक सातामा चाँदीको मूल्य पनि उल्लेख्य रूपमा घटेको देखिएको छ ।

विशेषज्ञका अनुसार अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढाव, डलरको मूल्य र ब्याजदरसम्बन्धी दबाबका कारण सुनचाँदीको मूल्यमा गिरावट आएको हो ।

Logo