डोल्पा। डोल्पामा अवैध रूपमा संकलन गरिएको जडीबुटीसहित चार जनालाई पक्राउ गरिएको छ । त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोट क्षेत्रमा गरिएको कारबाहीमा उनीहरू समातिएका हुन् ।
नेपाली सेना र निकुञ्ज प्रशासनको संयुक्त टोलीले बिहान करिब ३ः३० बजे छापा मार्दा करिब ३५ क्विन्टल पदमचाल जडीबुटी र दुई वटा ट्याक्टर बरामद गरेको छ ।
पक्राउ पर्नेमा डोल्पाका नरेश बुढा र विकास रोकाया, सल्यानका एलिश बुढा तथा रुकुमपश्चिमका कृष्ण विक रहेका छन् । उनीहरूलाई थप अनुसन्धानका लागि शे फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालयमा बुझाइएको छ ।
निकुञ्ज प्रशासनका अनुसार अनुमति बिना जडीबुटी संकलन गरी जिल्ला बाहिर पठाउन खोजिएको अवस्थामा कारबाही गरिएको हो । पछिल्लो समय जडीबुटी संकलनमा कडाइ गरिएकाले निगरानी पनि बढाइएको छ ।





























प्रतिक्रिया