नयाँ संसद् भवनमा सांसदलाई छुट्टै ‘चेम्बर’, शपथ १२ चैतमा

नयाँ संसद् भवनमा सांसदलाई छुट्टै ‘चेम्बर’, शपथ १२ चैतमा

केन्द्रबिन्दु
33
Shares

काठमाडौँ। नवनिर्वाचित सांसदहरूका लागि नयाँ संसद् भवनमा पहिलो पटक छुट्टाछुट्टै ‘चेम्बर’को व्यवस्था गरिने भएको छ। यससँगै संसद् सचिवालय शपथ समारोहको तयारीमा जुटेको छ। प्रतिनिधिसभा सदस्यको शपथ १२ चैत दिउँसो २ बजे हुने तय भएको छ। त्यसअघि ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले ११ चैतमा राष्ट्रपतिसमक्ष शपथ लिनेछन् र भोलिपल्ट सांसदहरूलाई शपथ दिलाउनेछन्।

निर्माणाधीन संसद् भवनको बहुउद्देश्यीय हलमा शपथ तथा प्रारम्भिक बैठक सञ्चालन गर्ने तयारी गरिएको छ। भौतिक संरचना तयार भइसकेको छ भने केही प्राविधिक काम अन्तिम चरणमा पुगेको सचिवालयले जनाएको छ।

निर्वाचनपछि दलगत शक्ति फेरबदल भएकाले संसदीय दलका कार्यालय पनि नयाँ हिसाबले व्यवस्थापन गरिएको छ। पूर्ण रूपमा भवन सम्पन्न भएपछि सबै दल र सांसदहरूलाई सोही भवनभित्र समेट्ने योजना छ।

Logo