उपराष्ट्रपतिसँग बंगलादेशका राजदूत रहमानको शिष्टाचार भेट

उपराष्ट्रपतिसँग बंगलादेशका राजदूत रहमानको शिष्टाचार भेट

केन्द्रबिन्दु
9
Shares

काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकुर रहमानले सोमबार काठमाडौंको लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गरेका छन्। भेटमा दुई देशबीचको सम्बन्ध र ऊर्जा सहकार्यबारे छलफल भएको थियो।

उपराष्ट्रपति यादवले सन् १९७२ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नेपाल–बंगलादेशबीच मित्रवत् एवं सौहार्दपूर्ण सम्बन्ध रहिआएको उल्लेख गरे। उनले बंगलादेशसँगको सम्बन्धलाई नेपालले उच्च महत्त्व दिँदै आएको समेत स्पष्ट पारेका छन् ।

उपराष्ट्रपति यादवले बंगलादेशमा हालै सफलतापूर्वक निर्वाचन सम्पन्न भएकोमा बधाई दिँदै नयाँ सरकारलाई सफलताको शुभकामना दिए। नेपालमा पनि प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भई नयाँ सरकार गठनको प्रक्रियामा रहेको उल्लेख गर्दै उनले दुवै सरकारबिच सहकार्य सुदृढ हुँदै नेपाल–बंगलादेश सम्बन्धका विविध आयामले थप उचाइ हासिल गर्ने पनि उपराष्ट्रपतिको विश्वास थियो।

Skip This
Skip This
Logo