विजय सरावगी । बीरगञ्ज महानगरपालिकाका मेयर हुन् उनी । ब्यापारिक पृष्टभूमीवाट राजनीतिमा प्रवेश गरेका उनीसँग यस महानगरलाई समृद्ध बनाउने के कस्ता सुत्र छन् त ? ५ बर्षमा कस्तो हुँदैछ बीरगञ्ज ? र उनको सपनाको महानगर कस्तो हो ? प्रस्तुत छ यिनै विषयमा केन्द्रबिन्दु डटकमकालागी पंकजबहादुर धामीले गरेको ५ प्रश्न –

१. स्थानीय तहको निर्वाचन सकिएको ९ महिना वितिसक्यो, तपाईले कार्यभार सम्हालेको पनि करिव ५ महिना भयो ? के–के गर्नुभयो यो अन्तरालमा ?

– असोज १७ गते मैले कार्यभार सम्हाले । "/>

‘सरकारले अर्को कुनै नाकाबाट सामान लिएर जाओस्’

‘सरकारले अर्को कुनै नाकाबाट सामान लिएर जाओस्’

केन्द्रबिन्दु
0
Shares

विजय सरावगी । बीरगञ्ज महानगरपालिकाका मेयर हुन् उनी । ब्यापारिक पृष्टभूमीवाट राजनीतिमा प्रवेश गरेका उनीसँग यस महानगरलाई समृद्ध बनाउने के कस्ता सुत्र छन् त ? ५ बर्षमा कस्तो हुँदैछ बीरगञ्ज ? र उनको सपनाको महानगर कस्तो हो ? प्रस्तुत छ यिनै विषयमा केन्द्रबिन्दु डटकमकालागी पंकजबहादुर धामीले गरेको ५ प्रश्न –

१. स्थानीय तहको निर्वाचन सकिएको ९ महिना वितिसक्यो, तपाईले कार्यभार सम्हालेको पनि करिव ५ महिना भयो ? के–के गर्नुभयो यो अन्तरालमा ?

– असोज १७ गते मैले कार्यभार सम्हाले । ६ दिन अगाडि मात्र हाम्रो नगरसभा सम्पन्न भएको छ । जुनसुकै काम पनि पास गराएर मात्र गर्न मिल्छ, कानुनहरु बनाउनुपर्छ । र, पहिलादेखि चलिरहेका योजनाहरुलाई हामीले निरन्तरता दियौँ । उपलब्ध स्रोत र साधान जति उपयोग गर्न सकिन्थ्यो त्यसैमा हामी लाग्यौँ । आउने दिनका लागी कार्यतालिका, योजना, र बजेको विषयहरुलाई हामीले अन्तिम रुप दियौँ । नगरसभाले सबै कुरा पास गरेको छ । अब छिट्टै हामी यसको कार्यान्वयन तिर जान्छौँ ।

२. व्यापार व्यवसाय गर्नु र एउटा मेयर भएर महानगरलाई हाक्नु कतिको फरक रहेछ ?

– हेनुहोस् हरेक ठाउँमा व्यवस्थापनको कुरा आउँछ । जुनसुकै ठाउँमा पनि भिजन र म्यानेजमेन्ट दुई कुरा चाहिन्छ । जुन तरिकाले ब्यापारीले राजनीतिलाई हेरिरहेको हुन्छ, त्यसरी सायद कसैले पनि हेरेको हुँदैन । समग्रमा बीरगञ्जलाई कतिले आर्थिक राजधानी भने, कसैले औद्यौगित राजधानी भने । जसले जे भने पनि यो २८ वर्षको समयमा कसैले पनि लगानी गरेनन् । लगानी नभएपछि यी सवैकुरा गफमा सीमित भए ।

अहिले ठूलो काम एडिबीका प्रोजेक्टहरु अगाडी बढाएका छौं । त्यस्ता थुप्रै कुराहरु जनप्रतिनिधिको अभावमा लथालिंग थिए अहिले ती कुराहरु व्यवस्थित गर्दैछौँ । मलाई लाग्छ म यो कामलाई सफलतापूर्वक सम्पन्न गर्न सक्छु । म ईमान्दार हुन्छु र सफल हुन्छु । मैले सबैको सहयोग पनि पाइरहेको छु ।

३. २ नम्बर प्रदेशको राजधानी बीरगञ्ज हुने भनिएपनि जनकपुरलाई बनाइयो । नेपालको प्रमुख व्यापारिक नाकाको रुपमा रहेको विरगञ्जलाई राजधानी बनाउन नसक्नु तपाईको र तपाईको पार्टीको असफलता होईन ?

– होईन । हाम्रो असफलता हुँदै होइन । हाम्रो पार्टीले सुरुबाटै बीरगञ्जलाई राजधानी बनाउनुपर्छ भनेको हो । महानगरपालिकाबाट पनि हामीले प्रस्ताव नै पारित गरेर नेपाल सरकारलाई पठाएका छौँ । हामीले हरेक ठाउँमा अनुरोध पनि गरिरहेका छौँ । तर यो त सत्तामा जो छ, त्यसले निर्णय गर्ने कुरा भयो ।

अस्थायी राजधानी जनकपुर नै पायक पर्ने ठानेर उता तोक्नुभएको होला । तर स्थायी राजधानी कहाँ तोक्ने यो नेपाल सरकारको अधिकारको कुरा होइन, यो प्रदेश सभाले टुंगो लगाउने विषय हो ।

प्रदेशसभाका सदस्यहरुलाई हामीले प्रस्ताव गर्छौ र अर्को कुरा प्रदेश नम्बर २ को एउटा मात्रै महानगर बीरगञ्ज हो । यहाँ सबै संरचनाहरु छन् । यसकारण पनि बीरगञ्ज राजधानी हुनुपर्छ भन्ने हो ।

४. बीरगञ्जमा नेपालकै सबैभन्दा ठूलो भन्सार नाका पनि छ । महानगरको विकासमा यसले ठूलो भूमिका पनि खेल्छ नी, के छन् योजना ?

– भन्सार यहाँ भएपनि केन्द्रिय सरकारले उठाउँछ त्यसको राजस्व । हामीले मात्र के हो भने नेपाल भरीको कार्गो छुट्याएर पाठाईरहेका छौ । बस् त्यसको धुलो, प्रदुषण, रोडको समस्या सबै हामीले भोग्ने हो । हामीलाई नेपाल सकारबाट कुनै पनि किसिमको सपोर्ट छैन् ।

५४ सालबाट नेपाल सरकारले एक पैसा पनि यहाँको सडकका लागी छुट्याएको छैन । यहाँबाटै संकलन गरिएको राजस्व सरकारले यहाँको सडक विस्तारका लागी खर्च नगरेकोप्रति यहाँका स्थानीयको गुनासो छ । यदी सरकारले यहाँकोलागी केही गर्दैन भने अर्को कुनै नाकाबाट सामान लिएर जाओस् । किनभने यति ठूलो राजस्व उठ्ने नाकालाई राज्यले बेवास्ता गर्छ भने यो सधैंभरीलाई राम्रो हुँदैन ।

५. ५ वर्षमा कस्तो महानगर बनाउँदै हुनुहुन्छ ? तपाईंको सपनाको बीरगञ्ज कस्तो हुन्छ ?

– मेरो सपनाको बीरगञ्ज भनेको कस्तो हो भने, बीरगञ्ज एउटा गन्तव्यको ठाउँ बनोस सबैका लागी । देशभित्र बाट मात्र होईन विदेशबाट पनि मान्छे आएर यसलाई आफ्नो गन्तव्य बनाउन् । पर्यटन, कृषि, व्यापार जुनसुकै क्षेत्रबाट पनि यो महानगर सबैको गन्तव्य बनोस भन्ने योजनाका साथ काम हुँदैछ । अनि हाम्रो पलायन भइरहेका सम्पत्तिहरु, ती भविष्यका कर्णाधारहरुलाई कसरी यहाँ रोक्न सकिन्छ ? उनीहरुको रोजगारीको ग्यारेन्टीकालागी हामीले काम गर्नु पर्छ ।

अर्को कुरा बीरगञ्जलाई मेडिकल हब बनाउने, शिक्षाको हब, मनोरञ्जनको हब, व्यापारको हब कसरी बनाउने ? भोलीका दिनमा बीरगञ्जलाई कसरी विश्वको नक्समा चिनाउने ? जस्तो भारतको आर्थिक राजधानी मुम्बई भनेजस्तै हामीले पनि नेपालको आर्थिक राजधानी बीरगञ्जलाई बनाउने योजना अगाडि बढाउन खोजिरहेका छौं ।

सबभन्दा मेरो प्राथमिकता भनेको शिक्षा र स्वास्थ्य हो । किनभने यदी बालमैत्री बीरगञ्ज बनाउन सक्यौँ भने भोली यहाँ हरेक नागरिक क्वालिटिका उत्पादन हुन्छन् । अनि मानव विकास सुचांकका आधारमा पनि हामीले बीरगञ्जलाई अगाडि बढाउनु छ । जसले देशको विकासमा टेवा पुर्याउँछ । यसैमा मेरो बढी ध्यान केन्द्रित हुन्छ ।

Skip This
Skip This
Logo