न्यायको माग गर्दै महिला आयोग परिसरमा पीडित पक्षको प्रदर्शन

न्यायको माग गर्दै महिला आयोग परिसरमा पीडित पक्षको प्रदर्शन

केन्द्रबिन्दु
9
Shares

काठमाडौँ । हिंसापीडित महिलाका घटनामा न्यायको माग राख्दै पीडित परिवार तथा समर्थकहरूले राष्ट्रिय महिला आयोगको परिसरमा प्रदर्शन गरेका छन्। उनीहरूले विभिन्न नारासहित आफ्नो असन्तुष्टि सार्वजनिक गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन्।

प्रदर्शनका क्रममा सहभागीहरूले महिला अधिकारको संरक्षण, लैङ्गिक हिंसाको अन्त्य तथा पीडितलाई न्याय दिलाउनुपर्ने माग उठाएका थिए। साथै, सम्बन्धित घटनाप्रति आयोगले प्रभावकारी भूमिका नखेलेको भन्दै प्रश्नसमेत उठाइएको थियो।

विशेष गरी सुर्खेतकी इनिशा बिक र खोटाङकी रेस्मिका परियारसँग सम्बन्धित घटनामा शीघ्र र निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने माग गरिएको छ। पीडित परिवारका अनुसार माइतीघर मण्डलामा धर्ना तथा अन्य विरोधका कार्यक्रम गरे पनि अपेक्षित सुनुवाइ हुन नसकेको गुनासो गरिएको छ।

प्रदर्शनमा ‘महिला अधिकार सुनिश्चित गर’, ‘महिला हिंसा अन्त्य गर’, ‘पीडितलाई न्याय देऊ’ लगायतका नारा लगाइएको थियो। सहभागीहरूले न्याय प्राप्त नभएसम्म आफ्नो आवाज जारी राख्ने बताएका छन्।

Logo