इटालीका प्रधानमन्त्री मेलोनीको प्रस्ताव जनमत संग्रहमा बहुमतले गरे अस्वीकार, लोकतन्त्रको सशक्त जित भएको विपक्षीको दावी

इटालीका प्रधानमन्त्री मेलोनीको प्रस्ताव जनमत संग्रहमा बहुमतले गरे अस्वीकार, लोकतन्त्रको सशक्त जित भएको विपक्षीको दावी

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । इटालीमा भएको जनमत संग्रहमा प्रधानमन्त्री मेलोनीको प्रस्ताव बहुमतले अस्वीकार भएको छ ।

प्रधानमन्त्री जर्जिया मेलोनीको नेतृत्वमा चैत २२ र २३ गते भएको जनमत संग्रह बहुमतले स्पष्ट रूपमा अस्वीकार गरेको हो । गृह मन्त्रालयको अन्तिम नतिजाअनुसार ‘हुन्न’ पक्षले ५३.२३ प्रतिशत मत प्राप्त गर्दा ‘हुन्छ’ पक्ष ४६.७७ प्रतिशतमा सीमित रह्यो । यो जनमत संग्रहमा कुल ५ करोड १४ लाख २३ हजार ३१२ मतदातामध्ये ५५.१ प्रतिशत सहभागी भएको थियो ।

यो नतिजाले मेलोनीको सरकारलाई पहिलो ठूलो राजनीतिक धक्का दिएको छ । सन् २०२२ मा सत्तामा आएदेखि स्थिरता र विजयको सिलसिला चलिरहेको थियो, तर यो जनमतले उनको ‘अजेय’ छविलाई पहिलो पटक चिरा पारिदिएको छ । मेलोनीले पनि हार स्वीकार गर्दै “इटालियन जनताले गरेको निर्णयको सम्मान गर्छौं भन्दै सामाजिक सञ्जालमा लेखेकी छिन् ।

विपक्षले यसलाई ‘लोकतन्त्र र संविधानको जित’ भनेका छन् । मेलोनीको गठबन्धन भने अझै संसदीय बहुमतमा छ, तर २०२७ को निर्वाचनअघि यो हारले उनको रणनीति पुनर्विचार गर्न बाध्य पार्न सक्छ । यो जनमत संग्रह इटालीको पाँचौं संवैधानिक जनमत थियो ।

यसले फेरि एक पटक इटालीको संविधान परिवर्तन सजिलो छैन भन्ने प्रमाणित गरेको छ ।

Logo