काठमाडौँ । नेपाली काँग्रेसले संविधान संशोधनसम्बन्धी सुझाव संकलन र मस्यौदा तयारीका लागि आन्तरिक समिति गठन गरेको छ।
पार्टीका अनुसार उक्त समितिको संयोजन उपसभापति तथा वरिष्ठ अधिवक्ता पुष्पा भुसाललाई दिइएको छ। यसअघि पनि केन्द्रीय कार्यसमिति बैठकबाट यस्तो समिति गठन गर्ने निर्णय भए पनि कार्यान्वयन हुन नसकेको सन्दर्भमा पुनः सोही अवधारणालाई अघि बढाइएको जनाइएको छ।
नयाँ संरचनाअन्तर्गत गठित समितिलाई पार्टीभित्र तथा बाह्य सरोकारवालासँग परामर्श गर्दै संविधान संशोधनका सम्भावित विषयहरूमा मस्यौदा प्रतिवेदन तयार पार्ने जिम्मेवारी दिइएको छ।
तयार प्रतिवेदन पार्टी नेतृत्वसमक्ष पेश गरिने र त्यसका आधारमा आगामी नीतिगत निर्णय लिने प्रक्रिया अघि बढाइने बताइएको छ।





























प्रतिक्रिया