काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादव सँग तीन प्रदेशका प्रमुखहरूले सामूहिक भेटवार्ता गरेका छन्।
मंगलबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा भएको भेटमा पर्शुराम खापुङ, दीपक प्रसाद देवकोटा र नजिर मियाँ सहभागी भएका थिए।
उक्त भेटमा देशको समसामयिक अवस्था, प्रशासनिक समन्वय तथा अन्य महत्त्वपूर्ण विषयमा विचार आदान-प्रदान भएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ।































प्रतिक्रिया